Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रदेश नं २ मा पत्रकारका लागि कल्याण कोष स्थापना गरिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 31, 2021
57 shares

मलङ्गवा । नेपाल पत्रकार महासङ्घ प्रादेशिक समिति प्रदेश नं २ को सर्लाहीमा बिहीबार बसेको बैठकबाट रु एक करोडको कल्याण कोष स्थापनालगायत सात बुँदे सर्लाही घोषणापत्र जारी गरेको छ ।प्रदेश अध्यक्ष राजेशकुमार कर्णको अध्यक्षतामा सर्लाहीको हरिवनमा आयोजित प्रादेशिक समितिको बैठकबाट रु एक करोडको कल्याण कोष स्थापना गर्ने निर्णय गरिएको हो ।

घोषणापत्रमा पत्रकारिता पेशालाई मर्यादित बनाउन आचारसंहिताको पालना तथा नैतिक आचरणको प्रदर्शन गर्न आत्मसमीक्षा एवं विभिन्न कार्यक्रममार्फत प्रेरित गर्ने, पत्रकारको पेशागत र भौतिक सुरक्षाका साथै अग्रज पत्रकारलाई पेन्सनका लागि सरकारको ध्यानाकषर्ण गराउने, विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारको हकहित तथा संवद्र्धनका लागि बिनाकारण कामबाट निकालिएका पत्रकारको पुनःबहाली गर्न नेपाल पत्रकार महासङ्घले आवश्यक पहल गर्ने, कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका पत्रकार, प्रभावित भएका सञ्चारकर्मी तथा सञ्चारगृहलाई राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गर्नेलगायत विषय घोषणापत्रमा समेटिएका छन् ।

यसैबीच प्रदेश नं २ बाट आउनुभएका पत्रकारलाई हरिवनमा उखुको लाक्रा दिँदै तरकारीको माला लगाइदिएर सम्मान गरिएको छ । हरिवनस्थित सगुन सहकारीको सभाहलमा आयोजना गरेको ‘नैतिक पत्रकारिता आजको आवश्यकता’ विषयक अन्तक्र्रिया तथा प्रादेशिक समितिको पाँचौँ बैठकमा उपस्थित प्रदेश समितिका सदस्य र अन्य जिल्लाबाट सहभागी पत्रकारलाई तरकारीको माला लगाइदिनाका साथै उखुको लाक्रा दिएर सम्मान गरिएको हो ।

उखु किसानले उखुको लाक्रा दिएर तथा देशमै प्रख्यात रहेको लालबन्दीस्थित तरकारी बजार समितिका तर्फबाट तरकारीको माला लगाइदिएर नौलो ढङ्गले पत्रकारलाई स्वागत तथा सम्मान गरिएको हो ।

नेपाल उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले यस वर्ष अहिलेसम्म उखुको मूल्य कायम नभइरहेको अवस्थामा प्रदेश नं २ का पत्रकारलाई हरिवनमा भेला भएको अवसरमा उखुको लाक्रा दिएर उखु किसानको समस्या र पीरमर्कालाई उठाइदिन आग्रह गर्नुभएको थियो । सरकार र उद्योगीले आफूहरुको कुरै नसुन्ने गरेको भए पनि पत्रकारले बर्सेनि आफूहरुको पीडालाई बाहिर ल्याएर ठूलो गुन लगाइरहेको मैनालीले बताउनुभयो

त्यसैगरी लालबन्दी तरकारी बजार समितिका तर्फबाट पत्रकारलाई गोलभेँडा, भान्टा, खुर्सानी, काक्रो, मुलालगायत तरकारीको माला लगाएर सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा उपस्थित पत्रकारलाई उद्योग वाणिज्य सङ्घ लालबन्दीका तर्फबाट अध्यक्ष कल्याणकुमार जोशी र महासचिव दीपेन्द्र बलम्पाकीले ढाका टोपी तथा चेम्बर अफ कमर्स सर्लाहीका तर्फबाट अध्यक्ष रामभक्त प्रधान र महासचिव सुशील चालिसेले खादा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो । drishtinews.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved