Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रतिनिधिकाे ताराेमा माओवादी नेताकाे सम्पति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 31, 2021
[webverse_shares]

काठमाडौं । विचार केन्द्रीत बहस गर्ने भनेको नेकपा (माओवादी केन्द्र) को महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेशनको पाँचौ दिन पुग्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ ।

२५ समूह बनाएर गरिएको समूहगत छलफल सकिएसँगै टोली नेताहरुले आफ्नो आफ्नो समूहबाट आएका सुझाव दिएका छन् । र उनीहरुको सुझावको जवाफ प्रचण्डले भोलि दिने कार्यक्रम रहेको छ । उनले जवाफ दिनु अघि स्थायी कमिटीमा छलफल गर्नेछन् ।

अन्य राजनीतिक दलका महाधिवेशन विचार भन्दा नेतृत्व केन्द्रीत रहेको र पुराना र संसदवादी दलहरुको प्राथमिकता नेतृत्व चयन र गुटबन्दीमा मात्र रहेकाले विचार निर्माण गर्ने थलो महाधिवेशनलाई बनाउने उद्घोष प्रचण्डले गरेका थिए । त्यस अनुरुप उनले महाधिवेशनमा झडै तीन घण्टा लगाएर प्रतिवेदन वाचन गरेका थिए । आफ्नो प्रतिवेदन पछि पार्टी रुपान्तरण हुने दाबी गरेका प्रचण्डलाई अहिले प्रतिवेदनले नै संकटमा पारेको छ ।

समूहगत छलफलमा मात्र अधिकांश समूहले पार्टी नेताहरुको जीवनशैली, नेतृत्वको आलोचना, बारम्बार एकै व्यक्तिलाई लाभको पद, पार्टीबाट सरकारमा भएको सहभागीता जनमुखी हुन नसकेको भन्दै चर्को आलोचना भएपछि प्रचण्ड संकटमा परेका छन् ।

बारम्बार एकै व्यक्तिलाई लाभको पद दिएको र उनीहरुले अकुत सम्पत्ति कमाएको भन्दै आलोचना भइरहेको हो । नेता लेखनाथ न्यौपानेले त फरक मत पेस गर्दै प्रचण्डको चर्को आलोचाना गरेका छन् ।

नेताको सम्पत्तिमा प्रतिनिधिको आँखा !

प्रचण्डले प्रतिवेदनमा पार्टी कमजोर हुनाको कारण र यसलाई व्यवस्थित गर्ने उपायबारे उल्लेख गरेका छन् । शान्तिप्रकृयामा आएपछि मूलभूत रुपमा पार्टीबाट भएका चार खालका कमजोरीमाथि उनले आत्मसमीक्षा गरेका छन् र आगामी दिनमा सुधार गर्दै अघि बढ्ने उल्लेख गरेका छन् । आफूहरुले उठान गरेका एजेन्डाको जित भएकाले आगामी दिनमा पार्टी अगाडि बढ्ने उनले विश्वास लिएका छन् ।

विश्वपरिवेशसहित, वित्तीय पुँजिवाद, जलवायु परिवर्तनसम्मका विषय उठाएर प्रतिवेदनलाई ‘महान’ दस्तावेज बनाउन खोजेका प्रचण्डले यतिवेला पार्टीका नेताहरुको जीवनशैली, सरकारमा गएर पनि काम गर्न नसकेको बारे जवाफ दिनु पर्ने भएको छ ।

नेता लेखनाथ न्यौपानेले त स्वयं प्रचण्डमा व्यक्तिवादी र आत्मकेन्द्रीत सोच बढेको भन्दै कडारुपमा फरक मत राखेका छन् ।

प्रचण्डले आफ्नो नातीलाई महँगो बोर्डिङमा पढाएर कार्यकर्ताका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने प्रस्ताव राखेको भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

प्रतिनिधिहरुले भने नेताहरुको जीवनशैली र सम्पत्तिमाथि आँखा लगाइरहेका छन् र भनिरहेका छन्, ‘लाभको पदमा गएका पार्टी नेताहरुको सम्पत्ति छानबिन र सार्वजनिक गर्न आवश्यक छ ।’

त्यसभन्दा एक कदम अघि बढेर नेता न्यौपानेले त मन्त्री भएकाको मात्र होइन पीए भएकाहरुको अकुत सम्पत्ति कहाँबाट आयो भन्दै प्रश्न गरेका छन् ।

‘हाम्रो तर्फबाट मन्त्री भएकाहरुको कुरा छाडौं, मन्त्रीका अधिकांश पिएहरुको मात्र सम्पत्ति छानबिन गर्ने हो भने बदनामीको डरलाग्दो चित्र देखापर्दछ। यसलाई पूराका पूरा सच्याइएन भने सरकारमा गएर समाजवादको आधार निर्माण गर्ने कुरा काल्पनिकमात्र होइन, बदनामीको माध्यम हुनेछ’न्यौपानेले भनेका छन् ।

उनले पार्टी कमजोर हुनुको मुख्यकारण पार्टीका नेताहरुको अपारदर्शी आर्थिक जीवन भएको उल्लेख गरेका छन् र यो उनको भनाइमा अधिकांश माओवादी नेता कार्यकर्ताको समर्थन रहेको पाउन सकिन्छ । ‘हामीमाथि भ्रष्टाचार, कमिसन, घुसमार्फत अकुत सम्पत्ति थोपरेको गम्भीर आरोप छ। हाम्रो जीवनशैली र परिवार एवं नातागोताको फूर्ती हेर्दा अर्थमोह होइन भन्ने ठाउँ छैन’ उनले भनेका छन् ।

निजी सम्पत्तिको विरोध गर्ने र भूमिगत जीवन बिताएर आएका सर्वाहाराको नेतृत्व गर्ने नेताहरुको जीवनशैली पछिल्लो समय निकै फेरिएको कार्यकर्ताहरुको गुनासो छ ।

जनताले जीवन परिवर्तनको सपना देखाएर युद्धमा होमिएका माओवादी कार्यकर्ताको अवस्था जहाँको त्यही हुँदा शान्ति प्रकृयामा आएपछि नेताहरुको जीवनमा निकै परिवर्तन आएको छ । खाली हात राजधानी पसेकाहरु आज करोडौंका मालिका भएका छन् । नेताहरुको ठूला ठूला घर, गाडी, पारिवारिक अवस्था आदीमा परिवर्तन आए पनि युद्धमा लागेका, घाइते, अपाङ्ग, सहिद र वेपत्ता परिवारको अवस्था भने उस्तै रहेको भन्दै माओवादी नेता कार्यकर्तामा निराशा छाएको छ ।

जसका कारण महाधिवेशनको थलोमा प्रतिनिधिहरुले जोडतोडसँग नेताको सम्पत्ति छानबिनको दायरामा ल्याउन माग गरिरहेका छन् । पार्टीमा सुधार ल्याउन प्रतिनिधिहरुले नेताको अकुत सम्पत्तिमा आँखा लगाएका छन् हिसाब गरिरहेका छन् । नेताहरुलाई सही बाटोमा हिँड्न र ‘ग्राउण्ड’ नबिर्सिन उनीहरुले अघोषित रुपमा चेतावनी दिइरहेका छन् । न्युज कारखाना

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved