काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा कतारको दोहाबाट चकलेटको प्याकेटमा लुकाएर ल्याएको ५० ग्राम सुन सहित बुधवार एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा घर भएका २१ वर्षका मोहम्मद इजराइल मियाँ रहेका छन् ।
मियाले सुटकेश भित्र चकलेटको प्याकेटमा चकलेट जस्तै देखिने गरेर लुकाई छिपाई भन्सार छल्ने नियतका साथ सुन ल्याएका थिए । भन्सार कार्यालयले जर्ती काटेको गहना बाहेकका सुनको राजस्व लिँदै आएको छ ।
उनलाई भन्सार ऐन अनुसार कारवाही हुने त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बाताए ।
