बझाङको छुट्टाछुट्टै स्थानमा दुई जना पुरूष मृत फेला परेका छन्। सुर्मा गाउँपालिका–१ दौलीचौरका ४४ वर्षका किट्टु बोहरा मंगलबारदेखि हराएकोमा बिहीबार मृत फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, छबिसपाथीभेरा गाउँपालिका–७ बुड्खोरीका ४३ बर्षका जंग धामी घरनजिकै नौपाते भन्ने ठाउँमा बिहीबार बिहान मृत फेला परेका हुन ।उनीहरूको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।
घटनाबारे अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।