दावा शेर्पा,काठमाडौ ।
काठमाडौ कागेश्वरी-१ गुम्बाडाँडा गागलमा एक महिलाको निर्मम हत्या: हत्यामा सम्लग्न १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको २४ घण्टा नबित्दै प्रहरी द्वारा अनुसन्धान बिनानिष्कर्ष साधारण तारेखमा थुना मुक्त: मिति २०७८/०९ पुस १२ गते काठमाडौ कागेश्वरी मनहरा-१ गुम्बाडाँडा गागल स्थित ३३ बर्षीय धन माया तामाङ बम्जनकाे हत्या प्रकरणमा पक्राउ परेको १८ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएकाे २४ घण्टा पछि बिनानिष्कर्ष मिति २०७८/०९/१३ गते साँझ १८:०० बजे साधारण तारेखमा छाडिएको देखिन्छ ।
गत पुस १२ गते मृतकको सासु ससुरो सहित संकाकाे घेरामा रहेकाले गुम्बा निर्माण गर्दैरहेकाे कामदार पक्राउ पर्नुको कारण घटनास्थलबाट प्रमाण नष्ट गरेकाे आ राेपमा बौद्ध प्रहरीले हिरासतमा राखेको थियाे भने हिरासतमा लिएकाे २४ घण्टा नबित्दै दोषी १८ जनालाई रिहा गरिएको छ । प्रहरीलाई खबर भने समृतकका सासूले दिएकाे जनाउदै अाफ्नाे भनाइमा दिउसो नै ढिस्काेमा घाँस काट्न जादा ढिस्काे बाट खसेर मृत्यु भएकाे भनाइ छ ।
भने मृतकका माईती तर्फका अाफन्तले मृतक धन मायालाई पटकपटक यातना दिने गरेकाे भन्ने छ । उक्त संकाकाे घेरामा रहेकाे कामदार सहित सासू ससुरा गरि १८ जनालाई अनुसन्धान नगरिथुना मुक्त गरिएको हुदा मृतकको आ फन्त लगायत समर्थनमा जुटेका संघीय तामाङसालिङ मञ्चले प्रेस विज्ञप्ति छापेको छ । उक्त घटनाक्रमलाई प्रहरी प्रशासनले मृतकको आ फन्तलाई बारम्बार फाेनमा गरेर धम्कि पुर्ण हस्तक्षेप भएकाे हुदा प्रशासन समेत बचाउमा लागेको भन्ने मृतकका आ फन्तले बताएका छन् ।
यस घटनाको निष्पक्ष र निष्प्रभावी ढंगले हाेस भन्दै संघीय शेर्पा तामाङसालिङ मञ्चका अध्यक्ष दय तेम्डी शेर्पा र मिङमार लामाका अनुसार घटना त्यतिकै लुकाउन नदिन दबाबका लागि महिला आ याेग तथा मानवअधिकार कर्मीमा जाने तयारीमा लागिपरेका छन् । यसरी दैनिक हत्या हिंसात्मक खबर भन्दा अरु केही सुन्न र पढ्न पाउने अबस्था छैन ।
अवला महिला तथा बालबालिका तथा गरिबीको रेखामुनि रहेकाहरु दैनिक कतैबाट हिंस्रक समाजले खुल्लमखुल्ला प्राण लिदा पनि सशस्त्र प्रहरी र जनप्रहरी जस्ता सुरक्षाकर्मीकाे घेरा भित्र रहेका डेढ करोड नेपाली दैनिकी असुरक्षित प्रशासनको आखै अगाडि देखा पर्ने क्रम जारी छ ।
जनता प्रति उत्तरदायी भएर जनधनको सुरक्षा गर्दै न्याय दिनुपर्ने सुरक्षा अंग जस्ता महत्वपूर्ण प्रशासन चलाउने ठेकेदार नै कहि न कतैबाट गलत नतिजा नै नजिर रहेकाे अबस्थामा जनताको ज्युज्यान सुरक्षित नरहेकाे तथ्यांकले देखाउछ । घटनाको फाईदा लेनदेनमा परिणत भएकाे हाे कि भन्ने आम नेपालीले अडकल काटीसकेकाे अबस्था छ । स्मरण रहाेस बिगत देखि नै बौद्ध प्रहरी चौकी लेनदेनकाे अखडामा सधैं बिबादास्पद हुने गरिएकाे देखिन्छ ।