Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सरकारी कार्यालयमा राखिएका उजुरी पेटिकामा उजुरी पर्दैनन्, माकुरा र बारुलाले बनाउछ गुड

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 30, 2021
377

काठमाडौं। अहिले सरकारी कार्यालयमा राखिएका उजुरी पेटिकामा उजुरी पर्दैनन् । सङ्घ, प्रदेश र स्थानीय तहका अधिकांश सरकारी कार्यालयमा राखिएका उजुरी पेटिका प्रायः रित्तै हुने गरेका छन् । कतिपय कार्यालयको गुनासो पेटिकामा भने माकुरा र बारुलाको राज हुने गरेaको छ । गुनासो पेटिका खोल्दा प्रायः बाकस खाली पाइएको सम्बन्धित कार्यालयले जनाएका छन् ।

काठमाडौँको बूूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले आफू निर्वाचित भएर आएको करिब पाँच वर्षमा उजुरी पेटिकामा एउटा पनि उजुरी नपरेको बताए । नागरिकले चित्त नबुझेको कुरा सीधै जनप्रतिनिधि, सूचना अधिकारी, कार्यालय प्रमुखलगायतका व्यक्तिलाई आएर गुनासो गर्नसक्ने भएकाले पनि उजुरी पेटिकामा उजुरी नपरेको हुनसक्ने उनको भनाइ छ । खरेलले भने, “आफूले दैनिक करिब दुई जनासँग प्रत्यक्ष भेटघाट र सम्पर्क गर्ने गरेको, गुनासो सीधै आएर जनप्रतिनिधि र कर्मचारीलाई सुनाउने गरेकाले पनि उजुरी नपरेको हुनसक्छ । ”

जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले कार्यालयमा राखिएको उजुरी पेटिकामा १५ महिनामा एउटा मात्र उजुरी परेको बताए । “अहिले सेवाग्राहीको पहुँच सिधै कार्यालय प्रमुखसँग हुन थालेकाले उजुरी तथा सुझाव पेटिकामा उजुरी पर्दैनन्”, उनले भने, “रुकुमपश्चिम जिल्लाका सबै कार्यालयमा उजुरी पेटिका छन्, ती कार्यालयमा राखिएका उजुरी पेटिकामा पनि उजुरी पर्दैनन् । ” सरकारी कार्यालयमा कार्यालयको कामकारबाही, कर्मचारीको व्यवहार, भ्रष्टाचार, ढिलासुस्तीलगायतका विषयमा सेवाग्राहीलाई गुनासो र उजुरी गर्न उजुरी पेटिका राख्ने गरिएको हो ।

सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ३१ मा सार्वजनिक निकायले सम्पादन गरेको कामकारबाहीको गुणस्तर, प्रभावकारिता र त्यसमा हुनसक्ने अनियमितताका सम्बन्धमा गुनासो सुन्न, सबैको पहुँच पुग्ने गरी गुनासो पेटिका राख्नुपर्ने उल्लेख गरिएको छ । गुनासो पेटिकालाई सोही ऐनबमोजिम प्रत्येक तीन–तीन महिनामा खोल्नुपर्ने व्यवस्था छ ।
गोरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved