खोटाङमा वर्षासँगै हिमपात भएको छ । बुधबार बिहानैबाट वर्षा र विभिन्न उच्च लेकाली स्थानमा हिमपात भईरहेको छ। यहाँको रुपाकोट, टेम्केडाँडा, बहानेपोखरी, देउराली, मैयुङडाँडा, रावाढाप, लौरी, वाप्लुखा मुलडाँडा लगायतका उच्च स्थानमा सामान्य हिमपात भईरहेको त्यहाँका स्थानीयवासीहरुले बताएका छन्। हिमपात भएपछि अत्याधिक चिसो बढेको छ।
चिसाले खासगरी बृद्धबृद्धा, बालबच्चालाई बढी असर गरेको छ। यद्यपी, हिमपात र वर्षा भएपछि किसानहरु भने खुशी भएका छन्।शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहानैदेखि हुस्सुलागेकाे थियाे भने सवारिसाधनहरु लाई आवत जावतमा समेत समस्या भएकाे छ। देसकाे विभिन्न क्षेत्रमा हिमपात र हल्का बर्षातकाे खबरहरस आईरहेकाे र जिल्लाकाे विभिन्न क्षेत्रमा समेत हिमपातका कारण चिसाे बढेकाेले सतर्क रहन प्रसासनले आग्रह गरेकाे छ। फोटो श्रोत मोहन राई
