काठमाडौं । नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)को काठमाडौंमा जारी आठौं महाधिवेशनको तेस्रो दिन आज २५ समूहले रिपोर्टिङ गर्दैछन् ।
सबै समूहका प्रतिनिधिले दिउँसो एक बजेदेखि राखेको सुझावका आधारमा लिडरले रिपोर्टिङ गर्ने कार्यक्रम छ । प्रत्येक समूहका लिडरलाई १५ मिनेको समय दिइएको छ ।

अजा (बुधबार) २५ समूहको रिपोर्ट सुन्ने र बिहीबारमात्रै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् । छलफलमा उठेको प्रश्नको अध्यक्षले जवाफ दिएपछि मात्र केन्द्रीय समिति चयन गर्ने तयारी छ ।drishtinews.com
