दावा शेर्पा ,काठमाडौं । गागलफेदीमा एक महिलाको बलात्कार गरि हत्या भएकाे वा घर परिवार बाटै हत्या भएकाे भन्ने अनुसन्धानका लागि १८ जना थुना, पुस गत १२ गते काठमाडौ कागेश्वरी मनहरा-१ गुम्बाडाँडा गागल स्थित भएकाे घटना क्रमलाई प्रहरी द्वारा अनुसन्धान गर्न मृतकको सासु ससुरो सहित संकाकाे घेरामा रहेकाले गुम्बा निर्माण गर्दैरहेकाे कामदार समेत गरि १८ जना घटनास्थल बाट प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा प्रमाण नस्ट गर्न सहयाेग गरेको आसंका गर्दै नियन्त्रणमा लिएका १८ जना बौद्ध प्रहरी हिरासतमा रहेकाे छ । प्रहरीलाई खबर भने समृतकका सासूले दिएकाे जनाउदै आफ्नाे भनाइमा दिउसो नै ढिस्काेमा घाँस काट्न जादा ढिस्काे बाट खसेर मृत्यु भएकाे भनाइ छ । भने मृतकका माईती तर्फका आफन्तले मृतक धन मायालाई पटकपटक यातना दिने गरेकाे भन्ने छ ।
उक्त संकाकाे घेरामा रहेकाे कामदार सहित सासू ससुरा गरि १८ जनालाई अनुसन्धान नगरि मुक्त गरिएको खण्डमा भाेली जुलुस तथा प्रहरी चौकी घेराउ गर्ने धम्कि माईती तर्फका अाफन्तले दिएका छन् । मृतक ३३ बर्षीय धनमाया तामाङ बम्जन आफन्तका अनुसार तामाङलाई गुम्बा निर्माण गर्ने कामदारले बलात्कार गरि मारिए अथवा आफ्नै सासू ससुरा सहित परिवारकै मिलेमतोमा हत्या भएकाे भन्ने दाेहाेराे संका आफन्त संलग्नतामा मारिए पुष्टि हुन बाकी रहेकाे मृतकको आफन्तले बताएका छन् ।
प्रहरीको भनाइ भने घटनाक्रममा प्रहरीनियन्त्रणमा लिएकाे २४ घण्टा भन्दा बढि थुनामा राख्न नसकिने भन्ने जस्ता आनाकानी रहेकाे छ । निज धन माया तामाङको छिमेकी प्रत्येक्ष दर्शीका अनुसार बेलुकी ७:०० बजे सम्म आगाे तापेर बसेकाे देखिएका मान्छे केही समय पछि धन माया मलाई मार्याे भन्दै चिच्याउनु सुरु गरेकाे छिमेकीको भनाइ छ भने मृतककी एउटा १३ बर्षे बच्चाले समेत आफ्नाे आमालाई कुटेर मारेकाे हाे भन्ने छ । उक्त घटनामा मृतककाे हुलियामा शरिरभरी निलडाम रहेकाे र कान च्यात्तिएको, दाहिने गालामा धारिलाे हतियार प्रयाेग भएकाे, दुबै पट्टी करङ भाँचिएको भन्ने टिचिङ अस्पतालका डाक्टरले मौखिक भनाइ रहेकाे बताएका छन् ।
मृतक धन माया तामाङ बम्जनका बुबा सङ्ग्राम बम्जन तामाङ र आमा कान्छी तामाङकाे भनाइमा पनि आफ्नाे छाेरी साेझी रहेका र सासू ससुराकाे हेला गरि कुटपिट गर्ने गरेका कारण मारिएका हुन सकिने भनाइ छ । बौद्ध प्रहरी प्रभात स्थित उक्त घटनाको दबाब पहल कदमीकाे लागि संघीय शेर्पा प्रान्तीय मञ्च मञ्चका अध्यक्ष Temdi Sherpa र उपाध्यक्ष kl sherpa संघीय तामाङसालिङ मञ्चका अध्यक्ष मिङमार लामा समेतले उपस्थिति थियाे ।
