काठमाडौँ- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण भएको छ ।
राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो । एकता घोषणा कार्यक्रमलाई अध्यक्ष नेपालले उत्पादनमा समय खर्चिएर आफूलाई अनुशासनमा बाँध्न सक्नुपर्ने बताए ।
एकता घोषणा कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित दुवै पार्टीका शीर्ष नेताहरू उपस्थित रहेका थिए । नेकपा जनवादी २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेको घटक हो । यसको नेतृत्वमा देवेन्द्रसिंह महता थिए ।
