Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चाेरि र बैँकिङ कसुर बढेनपि जघन्य अपराधमा कमि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 28, 2021
60 shares

काठमाडौं । पछिल्ला पाँच महिनामा जघन्य प्रकारका अपराधमा कमी आएको नेपाल प्रहरीको एक तथ्यांकले देखाएको छ । बैंकिङ कसुर र चोरीका घटनामा उल्लेख्य वृद्धि हुँदा जघन्य प्रकृतिका अपराधमा भने कमी आएको प्रहरी तथ्यांकले देखाएको हो ।

प्रहरी प्रधान कार्यालयले तयार गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिना अर्थात् गत साउनदेखि मंसिर महिनासम्मको पाँचमहिने अवधिमा बैंकिङ कसुरसम्बन्धी घटनामा १ सय ५ प्रतिशतले वृद्धि भएको देखाएको छ ।

यसैगरी, सोही अवधिमा चोरीका घटनामासमेत ३५ दशमलव ४ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । सो तथ्यांक प्रहरीले अघिल्लो आर्थिक वर्षको सोही अवधिलाई आधार मान्दै तयार गरेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्त कुँवरले अघिल्लो वर्ष कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण मानिसहरू घरमै बसेकाले चोरीका घटनामा कमी भएको देखिएको तर अहिले सो संख्यामा केही बढेको तथ्यांकले देखाएको बताए ।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ को सुरुको पाँचमहिने अवधिमा ८ सय ८० बैंकिङ कसुरका घटना भएको देखिएको छ । तर, चालू आर्थिक वर्षको सो अवधिमा नै १८ सय ७ बैंकिङ कसुरका घटना भएको पाइएको तथ्यांक देखाउँछ । यो भनेको १ सय ५ प्रतिशत बढी हो ।

यसैगरी, आर्थिक वर्ष २०७७/७८ को सुरुको पाँचमहिने अवधिमा चोरीका विभिन्न ९ सय १६ घटना भएको देखिएको छ । तर, चालू आर्थिक वर्षको सो अवधिमा नै चोरीका १२ सय ३७ घटना भएको तथ्यांकले देखाएको हो । अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षको पाँचमहिने अवधिलाई तुलना गर्दा यो ३५ दशमलव ४ प्रतिशतले बढी हो ।

यसैगरी, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आत्महत्या, हातहतियार खरखजाना, जबरजस्तीकरणी, जबरजस्तीकरणी उद्योगलगायतका जघन्य किसिमका अपराधका शीर्षकमा भने कमी आएको तथ्यांक देखाएको छ । राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved