आकाश मगर,उदयपुर।
उदयपुरको गाईघाट बजार देखि पश्चिम करिब २०० मिटर पर मदन भण्डारि राजमार्गमा मुस्ताङ्ग जाने भनेर हिडेको जिप दुर्घटना भएको छ । धरानबाट गाईघाट हुँदै राजबास तिर गएको र बा २ च १८७१ नम्बर जिप र बिपरित दिशा राजबासबाट गाईघाटतर्फ आउदै गरेको प्र २-०१-००१त ५९४ नम्बरको ट्र्याक्टर आज करिब ३:३० तिर अनियन्त्रित ठोकिदा दुइटै सवारिसाधन दुर्घटनामा परेकोछ ।
धरानबाट मुस्ताङ्ग जाने भनेर हिडेको जिपमा ६ जना सवार थिए भने जिप धरान उपमहानगर पालिका १३ बस्ने सागर योगिले चलाएको थिए सवार ६ जना मध्ये ४ जना सकुसल रहेको र जिल्ला अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भएको र गम्भीर १ जनालाई घोपा लगिएको साथै ट्याक्टर र जिप चालक दुबै जिल्ला प्रहरी कार्यलय उदयपुरको नियन्त्रणमा रहेको प्रहरी श्रोतले बताए।
