काठमाडौं। ‘कर्णालीकाे विकासमा मेराे भूमिका’ विषयक एक कार्यक्रम आयाेजना गरी सम्पन्न गरिएकाे छ । संघीय सांसद एवंम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य रंगमती शाहीले उक्त कार्यक्रमकाे आयाेजना गरेकी हुन् ।
शाहीलाइ स्कुटीवालीको नामले समेत परीचित गराएकाे छ ।
कार्यक्रममार्फत शाहीले आफु सांसद भएदेखि कर्णालीकाे विकासका बारेमा गरेका कामहरुको समिक्षा गरेकी थिईन् ।
आफुले गरेका कामहरुको सानो भिडियो मार्फत कर्णालीका विभिन्न नेता तथा कार्यकर्ताहरुलाइ सविस्तार गरेकी हुन् ।
शाही कांग्रेसको चौधौं महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएपछि पार्टीमा गर्नुपर्ने कामका विषयमा सल्लाह सुझाव संकलन गर्ने र आफुले विकास निर्माणमा गरेका पहललाइ प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयाेजना गरिएकाे शाहीले बताइन् ।
