Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेताहरुलाई चाेरकाे सङ्ग्यादिँदा राजेन्द्र लिङ्देनकाे बाहिरियाे ठगिकाे कर्तुत , ७८ वर्षे बृद्धबाट जग्गा ‘ठगी’ गरेको खुलाशा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 27, 2021
105 shares

 

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भाषण गर्ने क्रममा राप्रपा नेपालका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिंङ्देनले नेताहरु गाउँ गए भने ‘चोर आएछ’ भन्ने गरेको अभिव्यक्ति दिए । ‘गाउँको भाषामा फलानो नेता आउँदै हुनुहुन्छ भन्दाखेरि मान्छेले कुन नेता आएछ भनेर नेताको नाम सम्झँदैनन् । कुनचाहिँ चोर आएछ त्यहाँ भन्छन्,’ लिङदेनले भनेका थिए । उनको यस्तो अभिव्यक्तिलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीले मञ्चबाटै प्रतिवाद गरे ।

उनको अभिव्यक्ति केहीबेरमै सञ्चार माध्यममा ट्रेण्डिङमा पुग्यो । नेताहरुलाई चोरको संज्ञा दिएर एकाएक चर्चामा आएका लिंङ्देन स्वयंले भने झापाका एक बृद्ध किसानको जग्गा ठगी गरेको फेला परेको छ ।

झापाको साविक चारपाने गाविस वडा नम्बर २ का स्वर्गिय गजाधर कट्टेलको १५ कट्ठा भन्दा बढी जग्गा लिंङदेनले राजनीतिक शक्तिकै आडमा ठगी गरेको फेला परेको हो ।

हाल अर्जुनधारा नगरपालिका वडा नम्बर ६ मा पर्ने कित्ता नम्बर ३३५३ को १ विघा ३ कट्टा जग्गा २०३२ सालदेखि नै कट्टेलको परिवारले भोगचलन गर्दै आएको थियो । सोही जग्गा मध्ये कट्टेल परिवारको १५ कट्टा जग्गामा लिङ्देन सहितको समुहले टिफरका टिफर बालुवा ओसारी पुरको र जिल्ला अदालत लगायत विभिन्न निकायमा मुद्दा परिरहेकै अवस्थामा शक्तीकै आडमा कट्टेल परिवारको उठीबास लगाएको फेला परेको हो ।

लिङ्देन विरुद्ध जिल्ला अदालत झापामा मुद्दा परेपनि मुद्दा विचाराधिन रहेकै अवस्थामा उनको समुहले ज्यादती गरेको कट्टेलका छोरा डिल्लीराम कट्टेलले दियोपोस्टलाई जानकारी दिए ।

दियोपोस्टले फेला पारेको कागजातमा विभिन्न अड्डा अदालतमा मुद्दा विचाराधिन रहेको देखिन्छ ।

२०६९ साल पौष ८ गते जिल्ला अदालत झापाका न्यायाधीश गिरिराज गौतमले उक्त कित्ताको जग्गाहरु निवेदक कट्टेलकै दर्ता श्रेस्ता देखिएको र उक्त जग्गा मध्ये पूर्वतर्फबाट १५ कट्टा जग्गामा प्रतिवादीले बालुवा ओसारी पुरेको हुँदा सो जग्गामा कुनै पनि निर्माण कार्य नगर्न भन्दै आदेश दिएको थियो । तर, लिङ्देनले राजनीतिक शक्तिको आडमा जिल्ला अदालतको आदेशलाई समेत बेवास्ता गर्दै उक्त जग्गामा आफ्नो भौतिक संरचना निर्माण गरेर भाडामा लगाएका छन् ।

छोरा डिल्लीराम कट्टेलका अनुसार लिङ्देनले जग्गा हडपेपछि कानुनी लडाइँकै क्रममा उनका बाबु गजाधरको निधन भइसकेको छ ।

जग्गा ठगी गरेको भन्दै पीडित परिवारले विष्णु कुमारी बस्नेत, रोशन बस्नेत, राजेन्द्र लिङ्देन र तुलसा तामाङ विरुद्ध जिल्ला अदालत झापामा मुद्दा दायर गरेका थिए ।


‘मैले लामो समयदेखि बगर विराई खेतियोग्य बनाई जोतभोग गरी कर्जा समेत पाएको उक्त जग्गामा विपक्षीहरु सबै जना भई २०६९/०८/१५ गते विहान उक्त कित्ता नम्बरको पूर्व तर्फबाट करिब ज.वि ०–१५–० किला गाडी सिमाना कायम गरि कब्जा, अतिक्रमण र खिचोला गरी मिची ट्रप बालुवा ट्रिफर ओसारी मेरो जोतभोग स्वामित्वको सो जग्गा बालुवाले पुर्न लाग्नु भएछ,’ पीडित कट्टेलले जिल्ला अदालतमा दिएको अभियोगपत्रमा भनिएको छ,‘यसरी मेरो खेतमा बालुवाले पुर्न लाग्नु भएको थाहा पाई उक्त जग्गामा गई किन मेरो जोतभोगको जग्गा कब्जा, कतिक्रमण र खिचोला गरी मिची बालुवाले पुर्न लाग्नु भएको भन्दा मलाई सबै विपक्षीले यो जग्गा अब तैले भोग गर्न पाउँदैनस् हामलिे जे गरेपनि चुपचाप बस नत्र राम्रो हुँदैन भनी धम्की दिनुभयो । त्यसपछि गाउँ समाज राखी छलफल गर्न खोज्दा समेत हप्काई दप्काई गर्नुभयो । उक्त कब्जा गरेको दिनदेखि विपक्षीहरु एवं नचिनेको १५÷२० जना लठैत मेरो जग्गामा दिनभर बसी ट्रिफर बालुवा ओसारी हालसम्म मेरो जग्गाको पूर्व तर्फबाट करिब ५ कट्टा भन्दा बढी जग्गा पुरिसक्नु भएको छ भने अझै पनि दिनहुँ जग्गामा बालुवाले पुर्ने कार्यलाई निरन्तरता दिई मेरो खेतियोग्य जमिनलाई पुरै बेकम्मा बनाई स्वरुप विगारी जग्गाको उब्जाउने प्रकृति र गुणलाई पुरै नष्ट गरि विगारी जबरजस्ती भौतिक संरचना निर्माण गर्ने उद्देश्यले उक्त जग्गा कब्जा, खिचोलो र अतिक्रमण गरि अनयाय गरेको हुँदा बाध्य भई प्रस्तुत फिराद गर्न आएको छु ।’

उजुरकर्ताले दिएको फिराद पत्र अनुसार लिङदेन समुहले चारपानेको नक्सा अन्तर्गत पर्ने १ विघा जग्गा समेत अतिक्रमण गरि कब्जा गरेको छ । जुन पीडितहरुले नै भोगचलन गर्दै आएको ऐलानी जग्गा हो ।

‘हामी वास्तविक पीडित हौँ । अहिले बुवा पनि यही मुद्दा लड्दा लड्दै वित्नु भयो । २०२८ सालदेखि बुवाले भोगचलन गर्दै आउनु भएको जमिन हो । विगत २०६९ सालदेखि अहिले राप्रपाको अध्यक्ष हुनु भएको झापाको राजेन्द्र लिङदेनको नेतृत्वमा हाम्रो जग्गा हडपीएको हो,’ पीडित डिल्लीराम कट्टेलले दियोपोस्टसँग भने,‘उहाँहरुले अवैध रुपमा कब्जा गरिराखेपछि न्यायको लागि हामी अदालत गयौँ । तर, १० वर्ष हुन लाग्दा पनि न्याय पाएका छैनौँ । अहिले पनि मुद्दा विचाराधिन मै छ ।’
उनका अनुसार लिङ्देनले उक्त जग्गा अहिले भाडामा लगाएका छन् ।

 

‘उहाँले राजनीतिक पहुँच र शक्तिकै आधारमा हामीलाई पीडित बनाउनु भएको हो,’ उनले भने,‘उहाँ राजनीतिक व्यक्ति भएकाले हामीले न्यायको आस पनि गर्यौँ तर, उल्टै हामीमाथि धम्की र दबाव मात्रै आयो । मलाई डर र त्रास मात्रै देखाइयो । त्यसैकारण म अदालत गएँ । अदालतले अन्तरिम आदेश दियो तर, त्यो आदेश पनि कार्यान्वयन भएन ।’

मैले नम्बरी जग्गा किनेको हुँ : लिङदेन

यस विषयमा प्रतिक्रिया लिन राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङदेनसँग सम्पर्क गर्दा उनले आफूले नम्बरी जग्गा किनेको दाबी गरे । ‘मैले १० औँ वर्ष अघि नम्बरी जग्गा किनेको हुँ । यस विषयमा अदालतमा मुद्दा विचाराधिन छ,’ उनले भने ।

www.diyopost.com बाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved