Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आठौं अधिवेशनमा माओवादीले बहस गर्नु पर्ने महत्वपुर्ण सवाल : हर्कसिंह के.सि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 26, 2021
114 shares

आनन्द पुन । मानव दासत्वले मानव मुक्तिको सवाल खडा गरेको हो। दमन र अत्याचारले बिद्रोहको सृजना गरेको हो। यदि अन्याय हुदैनथ्यो भने न्यायको कुरै आउँदैनथ्यो। अदि शोषण हुदैनथ्यो भने मुक्तिको कुरै जन्मिने थिएन। विश्वमा जब मानव शोषण ,दमन र अत्याचर व्याप्त भयो, जब मान्छेले मान्छेलाई पशु सरह दाशको रुपमा निजि स्वार्थका लागि प्रयोग गर्ने र किनबेच सम्म गर्ने अमानवीय कुकर्मले सिमा नाघ्यो, तब मुक्तिको कुरा उठ्यो। मान्छेहरु सामुहिक आवाज निकाल्न थाले। संगठित हुन थाले र दलहरु स्थापना भए। मुक्ति या मृत्युका नारा घन्किए ! मर्ता तो क्या नै कर्ता जस्ता हिन्दी उखानले सार्थकता पाए।

विश्वमा सु संगठित र संस्थागत रुपमा मानव मुक्तिको पहिलो उद्घोष कम्युनिष्टले गरे। त्यसको सैद्धान्तिक व्याख्या कार्ल माक्र्सले गरे। समाज विकास र विभेदका चरित्रको चित्रण मात्र गरेनन । बरु त्यसबाट संम्पूर्ण मानव मुक्ति र समतामुलक विश्वको समेत परिकल्पना गरेर शुत्रबद्धगरे। जसलाई बैज्ञानिक समाजवाद हुँदै सामयबादको नाम दिए।

कम्युनिष्टहरु आफैँ पनि सर्वहारा हुन्छन अथवा कोहि व्यक्ति हुने खाने वर्गकै भए पनि सर्बहारा तथा उत्पीडित वर्ग समुदायको मुक्ति अझ भनौ सम्पूर्ण मानव मुक्तिका खातिर आफूलाई समर्पित गर्दछन् भने ती पनि असल कम्युनिष्ट हुन्। उदाहरणको रुपमा कार्ल मार्क्सका सहयोद्धा कम्रेड फेडेरिक एङ्गेल्सलाई लिन सकिन्छ। त्यसैले त संसारमा निम्छरा वर्गले कम्युनिष्टलाई विश्वास गरेका हुन्। सामन्ती वर्ग र पुँजीपति सोच चिन्तनहरुले कम्युनिष्टलाई खतराको रुपमा हेर्ने गरेका हुन्। कम्युनिष्टहरुले नै रुस, चीन जस्ता विश्वको अधिकांश जनसँख्या र भुगोल ओगटेका देशहरुलार्इ छोटो समयमै निक्कै तल्लो स्तरबाट विश्व शक्तिमा दर्ज गरिदिए।

हाम्रो नेपालमा पनि त्यसै विश्वासका साथ कम्युनिष्ट पार्टीको स्थापना गरिएको हुनाले अधिकांश नेपाली जनताले कम्युनिष्ट मन पराए। अपसोच कम्युनिष्टहरुले आफ्नो चरित्र निर्माण र सुन्दर आदर्शको अनुसरण गर्न नसक्दा नेपालमा मात्र हैन विश्वमै कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा गयो।

नेपालमा पनि कम्युनिष्ट भन्ने शब्द लोकप्रियताको लागि मात्र उपयोग गर्ने प्रचलन विकास भयो। त्यस्तो खालको अवसरवादी सोच र चिन्तनलाई परास्त गर्दै र आफूहरुलाई सम्पूर्ण रुपमा मानव मुक्तिका लागि समर्पित गर्दै तत्कालीन नेकपा माओवादीले महान जनयुद्धको शंखनाद गर्‍यो। त्यसले विश्वमा साघुरिदैँ गएको कम्युनिष्टको साँखलाई नयाँ विश्वास प्रदान गर्‍यो। नेपाला शोषित उत्पिडीत वर्गको उल्लेख्य सहभागिता र समर्थन रह्यो। त्यसले क्षणभरमै नेपालमा मात्र हस्तक्षेप गरेन बरु विश्व साम्राज्यवादलाई नै चुनौती दियो र हलचल ल्यायो।

यसो हुनुको रहस्य के थियो ? त्यसको एउटै बलियो आधार भनेको निजी स्वार्थ लाई त्याग गर्न सक्ने आत्मबल नै थियो। जब हामी भित्र स्वार्थ रहँदैन तब न पद चाहिन्छ न त प्रतिष्ठा नै। न त धन चाहिन्छ न त सुख सयल नै। मान्छेले आफ्ना निजि स्वार्थलाई त्याग्न सक्यो भने जुनसुकै महा समर पनि विजय गर्न सक्दछ। भन्न त सहि विचार र कुशल नेतृत्वले मात्र आन्दोलनलाइ सहि दिशा दिन सक्दछ भनिन्छ। तर मेरो बुझार्इमा सहि बिचार र कुशल नेतृत्व तब जन्मिन्छ जब व्यक्तिले आफ्ना निजि स्वार्थहरुलाई परास्त गर्दै सबल आत्म निर्णयमा विजय प्राप्त गर्न सक्दछ। हो त्यही महत्वपूर्ण कुरा नै माओवादी आन्दोलनको उचाइको प्रमुख आधार थियो।

जनयुद्ध ताका माओवादीले एउटा नारा ल्याएको थियो । परिवारको पार्टीकरण, पार्टीको सामाजिकिकरण । साच्चै गर्व गर्न लायक नारा थियो त्यो। केन्द्रदेखी तलतिर लागू गर्ने निर्देशन थियो। त्यो जिल्ला कमिटी र एरिया कमिटीसम्म लागु हुन खोज्दै थियो। धेरै जसो नेताहरुले आफ्ना परिवारलाइ पूर्णकालीन बनाएर पार्टिका विभिन्न कामहरुमा लगाए। असारे काकाको जीवन संगिनी पार्टीको उत्पादन कार्य दलमा काम गर्थिन् र अचार निर्माण गर्थिन्। उनको नाम नै अचारे काकी थियो। उनी नमुना हुन्। यस्ता थुप्रै परिवार बनिसकेका थिए।

परन्तु शान्ति प्रक्रिया पश्चात् ती त कता गए थाहा भएन। बरु ती आफूलाई सम्पूर्ण रुपले क्रान्तिमा समर्पित गरेका महान नेताहरु विकृत संसदवादी र पुँजीवादी नेताहरुलाई पछि पार्दै बिस्तारै व्यक्तिगत सम्पत्ति थुपार्ने र पद र प्रतिष्ठाको लागि नैतिकता समेत तिलाञ्जली दिने प्रवृत्ति हाबी भयो र आम उत्पिडीत जनताको विश्वासमा बादल लाग्यो। माओवादीलाई चौतर्फी घेराबन्दीमा राखेर जनतामा अपराधिक करार गर्ने प्रयत्न निकै भयो र केही जनतामा त्यो गलत बिश्वास कन्ठ्स्थ पनि बनाइयो। त्यो दोस्रो कुरा हो। मुख्य कुरा आँफै भित्रको निजि स्वार्थले जित्दै जानुले पार्टी गलत दिशामा गएको हो।

यति हुदाँहुदैँ पनि नेपाली राजनीतिमा उत्पीडित वर्ग समुदायको लागि अझै केही आशा भनेको माओवादीप्रति नै छ। माओवादीका आस्थाको मत अझै सुरुक्षित छन्। भलै बिचार र व्यबहारमा एकरुपता न आउँदा त्यो छिन्न भिन्न भईरहेको छ।

अहिले माओवादी बिचारको विकास र नेतृत्व निर्माणको नारा दिएर २०७८ पौष ११–१२ र १३ मा आफ्नो राष्ट्रिय सम्मेलन गर्दैछ। फेरि पनि उसले आफू्रलाई निजि स्वार्थबाट अलग गर्न सक्दछ कि सक्दैन ? अरु भन्दा फरक बनाउन सक्छ या अरुहरु जस्तै कम्युनिष्ट शब्दलाई कमाइ खाने भाडोको रुपमा प्रयोग मात्र गर्दछ ? यो गम्भीर सवाल छ।

माओवादीहरुको भविष्य निर्माणको एउटा दरिलो बिषय यो हुन आएको छ।

संस्कार र संस्कृति माथिबाट लागू हुन्छ। आमा बाबुले जस्तो सिकाउँछ छोराछोरी त्यस्तै सिक्दछन्। हिजो व्यक्तिगत सम्पत्ति पार्टीकरण गर्ने संस्कार नेतृत्वबाटै सुरुवाति गरिएको थियो र तलसम्म पुगेको थियो। अहिले पनि यदि पार्टीलाई जनतामाझ लोकप्रिय बनाउने र आफ्नै नेतृत्वमा सकेसम्म आफ्नै पालामा माओवादीहरुले समाजवादी क्रान्तिको नेतृत्व लिने हो भने सम्मेलनले एउटा चोटिलो निर्णय गर्न आवश्यक छ। शुद्धीकरण आफैबाट सुरु हुन्छ। अरुलाई हिलो छ्याप्न त सबैले सजिलै सक्दछन्। तर महान व्यक्तिहरुले मात्र आफूलाइ शुद्धीकरण गर्दछन् र अरुको अनुसरणीय बन्दछन्। माओवादी पनि अरु जस्तै हो भने किन यति शहिदको रगत बगाएको? किन अलग पार्टी बनाएर खिचडी पकाइरहनु? त्यसैले यतिबेला आफ्नै शिरमा आगो झोस्न नितान्त जरुरी छ। निजि स्वार्थमाथिको बिजयले मात्र छिन्न भिन्न रहेको आफ्नो सम्पूर्ण शक्ति पनि सहज रुपमा एकताबद्ध हुन सक्नेछ।

माओवादी अध्यक्ष प्रचण्डले बारम्बार भन्ने गरेका छन हामी बिग्रेकै छौँ । यो सत्य आत्मालोचना हो। आत्मालोचनाले मात्र पुग्दैन। आत्मालोचनाले चरित्र र प्रवृत्तिमा सकरात्मक बदलाव ल्याउन जरुरी हुन्छ। सामान्य हेरफेरले सुध्रिने गरेर माओवादीहरु बिग्रेका छैनन्। हो, अरु दलका नेता कार्यकर्ताभन्दा माओवादीहरु असल छन्। तर चरित्र र व्यवहारले उनी पनि त्यही पुँजीवादी र स्वार्थी फोहोरी खेलमा रुमलिरहेको प्रष्ट देख्न सकिन्छ।

अब तिनीहरुले आफ्ना चरित्र र व्यवहारहरुलाई पूर्णतया उल्ट्याएर पुराना सुन्दर चरित्र र व्यवहारहरुमा रुपान्तरण गर्न आवश्यक छ। हिजोका हजारौँ हजार सहिद र बेपत्ता योद्धाहरुले के पाए र हामी सुख सयलको बाटोमा हिडिरहेछौ? के हामीलाई ती सहयोद्धा जसका परिवार आज बिकराल जीवन बिताइ रहेछन् । तिनको अवस्थाले कत्तिपनि पोल्दैन? शहिदका परिवारसँग एकमाना चामल र ओत लाग्ने घर छैन। तर हाम्रा छोराछोरी पढ्नकै लागि सबै भन्दा महङ्गा विद्यालय र विदेश जानू पर्ने? हामीलाई महङ्गा गरगहना र सुट–बुट चाहिने? यस बिषयमा माओवादीहरुले मम भन्न आवश्यक छ र पार्टीलाई नयाँ उचाइमा उठाएर देशलाई कायापलट गर्न आवश्यक छ।

यतातिर अगामी अधिवेशनले के कति सोच्न र निर्णय लिन सक्दछ? के साच्चै फेरि पनि माओवादी पूर्ण समर्पित निशस्त्र युद्धमा विजयी बन्न सक्ला? के साँच्चै निजि स्वार्थरुपी सर्बहारा विरुद्धको चरित्रबाट विजय प्राप्त गरेर आफूलाई चे ग्वेभारा, फिडेल क्यास्त्रो, ह्युगो चावेज बनाउन सक्ला? के साच्चै फेरि पनि शहिदको रगतलाई उचित न्याय दिन सक्ला? यसको वैचारिक निकास नेतृत्व र विचार निर्माणको लागि आह्वान गरिएको राष्ट्रिय सम्मेलनबाट आउँनेछ भन्ने अपेक्षा आम नेपालीले गरेका छन्। विचारले उचाइ चुमोस्, पार्टी शसक्त बनोस्, देशले निकास पाओस्, जनताले विकास पाओस् । राष्ट्रिय सम्मेल सफलताको भव्य शुभकामना!https://www.pariwartankhabar.com/

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved