काठमाडौं । विश्वभरिका ख्रीष्टियन समुदायरुले मनाउने मुख्या चाड ख्रीष्टमस २०२१ आज विश्वभर हर्षाेउल्हासका साथ मनाईदै छ। २००० बर्ष पहिल्यै इजरायल देशकाे बेथलेहेम गाँउमा गाईकाे गाेठमा मानिसकाे रुपमा पवित्र आत्माद्वारा गर्भधारणभई कन्य मरियमकाे गर्भबाट मानिसकाे रुपमा जन्मियका येशुख्रीष्टका अनुयायीहरु नेपालमा पनि अन्दाजि ३० लाखकाे हाराहारिमा हरेका छन्।
अंग्रेजि महिनाकाे डिसेम्बर २५ लाई ख्रीष्टमसकाे रुपमा विभिन्न देसहरुले सार्वजानिक बिदा दिने गरेपनि नेपालमा केही बर्षदेखि अल्पसंख्यक धार्मिक समुदायमाथि राज्यले बेवास्थागरेकाे देखिन्छ। भने अचम्म त के छ भने नेपालमा सरकारद्वारा दिईने साप्ताहिक सार्वजानिक बिदाकाे दिन ( सनिबार ) आज ख्रीष्टमसकाेलागि भनेर आज सनिबार सार्वजनिक बिदा धाेषणा गरेकाे छ।
केही हप्ता अघिदेखिनै नेपालका ख्रीष्टियन संघ संस्था तथा त्यस समुदायबाट प्रतिनिधित्व गर्ने राजनितिक दलका नेताहरुले सरकारलाई बिदाकाेलागि तागेता गरिरहेका थिए।
देसमा स्थानिय चुनाब आउन केही महिनामात्र बाँकि रहँदा सरकारले यी ख्रीष्टियन समुदायकाे ब्यक्तिहरुबाट भाेललिनकै लागि बिदा माथि बिदा थपिदिएर ख्रिष्टियन समुदायमाथि खुसि थपेपनि बास्तवमा अर्काे बर्षदेखि नियमित उक्त डिसेम्बर २५ कादिनलाई सार्बजानिक बिदा दिईने भने निश्चित छैन। यता नेपाल राष्ट्रिय ख्रीष्टियन महासंघ र साे सग आबद्ध केही संघका पत्रकारहरुभने सरकारले दिएकाे बिदामाथि सार्बजानिक बिदाकाे लागि सरकारलाइ भन्यवाद दिनुका साथै संजालमा रमाहट गरिरहेका छन्।
अन्तराष्ट्रिय कानुनलाई समेत बेवास्तागर्दै धर्मगुरुहरुमाथि धर्म प्रचारकाेनाउँमा गिरफ्तार गरि पटक पटक धराैटिमा छुट्न बाध्य याे ख्रिष्टियन समुदाय भित्रपनि एकता नभएकै कारण केही टाठाबाठाहरुले समुदायभित्र बर्चस्व जमाएकाे हुँदा निमुखा ख्रीष्टियनहरु उनिहरुलेनै लादेकाे नियममा रहँन बाध्य हुँदा राज्यकाे सेवा सुबिधा बाट समस्त समुदय प्राय: बञ्चितनै छ।
