काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशन अघि भक्तपुर पुगेर द्वन्द्वकालमा माओवादीद्वारा मारिएका राधेश्याम जोन्छेकी पत्नी रजनी जोन्छेलाई मन्त्री बनाउने घोषणा गरेका थिए । उनले बाचा पूरा गरे । रजनी जोन्छे बागमती प्रदेशमा उद्दोगराज्यमन्त्री नियुक्त भएकी छिन् ।
जोन्छेमाथि गोली प्रहार हुँदा नेपाली काँग्रेस विभाजित थियो । देउवा नेपाली काँग्रेस प्रजातान्त्रिकका सभापति थिए । जोन्छे उक्त पार्टीको भक्तपुर जिल्ला सभापति थिए ।
