एजेन्सी । गुरुका लागि चेला वा चेलीसँगको सम्बन्ध पवित्र हुन्छ । सम्बन्धमा श्रद्धा र सम्मानका अलावा अनुशासन हुन्छ । तर, एकजना प्रख्यात अमेरिकी कलाकारले आफ्नै चेलीहरुसँग यौनसम्बन्धहरु राखेको खुलेको छ ।
४३ वर्षीय कलाकार फ्रान्कोमाथि चेलीहरुमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । उनले त्यसलाई अस्वीकार गर्दै आएकामा द जेस काग्ले पोडकास्टसँगको कुराकानीमा चेलीहरुसँग सुतेको र त्यो गलत भएको बताएका हुन् । तर, यौन प्रस्ताव राख्नकै लागि अभिनय स्कुल सुरु नगरेको बताए ।फ्रान्को प्रख्यात कलाकार हुन् । उनले अभिनय गरेको चलचित्र ओस्कारको मनोनयनमा समेत परेको छ । https://www.reportersnepal.com
