उमेश भुजेल ,जेष्ठ १- खोटाङ्ग । उदयपुर र खोटाङ्ग जोड्ने सगरमाथा राजमार्गमा रहेको बेलिब्रिज आगामी जेष्ठ १० गते बाट खोलेर हटाइने भएको छ । गाइघाट दिक्तेल सडक आयोजना उदपुरले एक विज्ञप्ती जारी गर्दै उक्त बेलीबृज आगामी जेठ १० गते देखी खोल्न सुरु गरिने जानकारी गराएको हो । बेलिब्रिज खोलीने भएपछि खोटाङ, भोजपुरका मानिसलाई यात्रा गर्न असहज हुने भएको छ ।
खोटाङ र उदयपुरवीचको छोटो दुरीको सडक संजालको रुपमा रहेको राजमार्गमा हिउदमा बेलीबृज लागाइन्छ भने वर्खा भएसंगैे बेलिब्रिज खोल्ने गरिन्छ। यस कारण सर्वसाधरण मारमा परेका छन । गाईघाट–दिक्तेल सडकको मध्य भागमा पर्ने फोक्सीनटार स्थित सुनकोशी नदीमा बेलिवृज खोले पछि सवारीका साधन वारपार हुन सक्दैनन् ।
५० मिटर लामो बेलिबृज खोले पछि सवारीका साधन तराई झर्नको लागि उदपुरको घुर्मी कटारी हुदै आवतजावत गर्न गर्ने गर्र्दछन् । यसले गर्दा खोटाङ्ग र भोजपुरका बासिन्दालाई तराई झर्न र कृषीउपज र बस्तु बजारसम्म पुृराउन असहज भएको । सुनकोशी नदीमा पक्की पुल निर्माणका लागि ठेक्का लगाएपनि निर्माण कार्य अझै पनि काम सम्पन्न नभएपछि विकल्पका रुपमा बेलिबृज लगाईएको हो ।

