उमेश भुजेल,खाेटाङ।समावेशी आयोगले खस आर्य अन्तरर्गत सुचिकृत भएका जाति समुदाय भित्रका समुदाय, थर, गोत्रो र समुदायको विवरण सार्वजानिक गरेका प्रति भुजेल समाज सेवा समितिले आपत्ती जनाएको छ । आयोगले सार्वजानिक गरेको विबरण अन्तरगत क्रम संख्या ७६,७७, ७८ मा घर्ति र २५१ मा भुजेल जातिलाई अलग समुदाय भनि समावेस गरिएको भनि समाजले एक विज्ञप्ती निकाल्दै आपत्ती जनाएको हो ।
भुजेल सेवा समाज केन्द्रिय समितिका महासचिव पबन बहादुर भुजेलले हस्ताक्षेर गरेको विज्ञप्तीमा भनिएको छ “ आदिवासी जनजाती राष्ट्रिय उथ्थान प्रस्तिष्ठानको संचालक परिषदमा धेरै पटक प्रतिनिधित्व गर्दै आएको घर्ति-भुजेल जातिलाई अलग अलग घर्ति र भुजेल समुदायमा विभाजित गरि घर्ति-भुजेल जातीलाई खस आर्य अन्तरगतको थर तोकेर घर्ति-भुजेल जातिमा भ्रम पैदा गर्ने गम्भिर त्रुटी भएको प्रति आफूहरुको गम्भिर ध्यानाकर्ष भएको भनिएको छ ।
नेपाल सरकारले आफ्नो छुट्टै भेष भुष, भाषा, सस्कृति, संस्कार रहन सहनसहन, ऐतिहासकि थाकथालो भएको अधारमा घर्ति÷भुजेल जातिलाई नेपाल सरकारबाट आदिवासी जनजातिमा सुचिकृत भएको र घर्ति भुजेलको जातिय संस्था भुजेल समाज सेवा समिति, नेपाल आदिवासी जनजाती महासंघको जातिय सदस्य भइरहेको समेत अवगत गरिएको छ ।
नेपालको कानुन अन्तरगत निर्धारित तथा सिमान्तकृत घर्ति-भुजेल जातिको पहिचान मेटाउने कार्य सम्पूर्ण आदिबासि जानजातीलाई सह्य नहुने र त्यस प्रति सम्पूर्ण आदिवासी जनजातीले कडा प्रतिकार गर्ने भनिएको छ । त्यस कारण यस विषयमा यथा शिघ्र तथ्य परख ढंगले विवरण सच्याई पुनःप्रकासण गर्न भुजेल समाज सेवा केन्द्रिय समितिले जोडदार माग गरेको छ । यदि समावेशी आयोगले आफ्नो त्रुटी नसच्याउने हो भने भुजेल समाज सेवा केन्द्रिय समितिले अन्य जुनसकै कमद चाल्न सक्ने केद्रिय सचिव तिर्सन जंग घर्तिले बताउनु भयो ।
- September 29, 2026
