भक्तपुर ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ३ काे जागृतिटाेलबाट गेलाल गाउँ हुँदै चागुनारायण वडा नं ४ जानेबाटाेकाे सडकखण्डमा पर्ने पुल भत्काएकाे तीन महिना भइसक्दा पनि बनाउने सुरसार नगरेकाे स्थानीयले बताएका छन्।
त्यसले आवतजावतमा मात्र समस्या नभई टाेल नै नाकाबन्दीमा परेकाे स्थानीयले बताए । `पुल बनाउँछु भनेर बिना डाइभर्सन बाटाे अलपत्र छाडेकाे तीन महिना भइसक्यो, अझ पनि बनाउने सुरसार गरेका छैनन् ´ एक स्थानीयले बताए। उनले विकासको नाममा मनपरी गर्दा स्थानीयले दुःख पाएकाे बताए ।
उनले थपे, `हालसम्म पुल बन्ने सुरसार छैन, माेटरसाइकल त के साइकल छिर्ने डाइभर्सनसम्म छैन। काेहीलाई आपत पर्दा एम्बुलेन्स र दमकल समेत आउने अवस्था छैन।´सडक समयमै नबनेपछि स्थानीयले वडादेखि नगरपालिकासम्म घच्घच्याएकाे र सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गर्दा पनि सम्बन्धित निकायले बेवास्ता गरेकाे स्थानीयवासीकाे गुनासो छ।
साेही सम्बन्धि एक स्थानीयले सामाजिक सञ्जालमा यस्ता् लेखेका छन्,
`सिँहदरबार साचिच्नै गाउगाउ पुगेछ। याे बाटाे प्रयाेगगर्नेहरुमा वडा अध्यक्ष मेयरज्यु उपमेयरज्यु जिसस प्रमुख ज्यु प्रदेश माननीय तथा मन्त्रिज्यु हुनुहुन्छ।जनताले पाएकाे सास्तिकाे कुरैनगराै। यसबाटाेलाई मानदेव पथ भनेर पनि चिनिन्छ। तुरुन्त नबनाउने भए भत्काउन किन दिइयाे। स्थानियनिकाएकाे , प्रदेश मन्त्रकाे के भुमिका हुन्छ यसमा? रकम बिनियाेजनगर्ने संस्थाकाे के भुमिका हुन्छ? डाइभर्सन चाहिने हाेकि हाेइन?? प्राबिधिक हरुकाे नर्मस के हाे यसमा? कुनकुन निकायले ध्यानदिनुपर्नेहाे अबिलम्ब ध्यान पुगाेस। कसैलाइ आक्षेप भन्दानि सम्बन्धित निकाएकाे ध्यानाकर्षणकाेलागि प्रेसित।टेन्डरकाे प्रक्रिया अनुसार अनुगमन गर्ने निकाए पनि हाेला? कठै मेराे देश!´
