काठमाडौं । बर्षभरि आ-आफ्नै तवरले आफ्नाे जात जाति, भाषा धर्म ,संसकृतिमा रमाउने मानवजातिहरु मध्य ख्रीष्टीयनहरु पनि एउटा बलियाे समुदाय मान्न सकिन्छ।
ख्रीष्टीयन समुदायभित्रपनि बिभिन्न संघ संस्था तथा जिल्ला र नगरमा गरिने ख्रीष्टमस आदान प्रदा कार्यक्रमहरु अहिले उपत्यकामा मात्र दिनमै ३/४ ठाउँ हुनेगरेकाे छ।
त्यस्तै सिकाे गरेकाे जस्ताे देखियपनि समुदायबाट प्रतिनिधित्व गर्ने विभिन्न टेलिभिजन, एफ एम ,छापा तथा अनलाइन संचार संस्थाहरुमा आबद्ध साथै संचार माध्यम संचालकहरुकाे एक समुह मिडिया एड्भाेकेसि फाेरम नेपाल (माफ) र नेपाल प्रेस साेसाईटीकाे संयुक्त आयाेजनामा एक कार्यक्रम सम्पन्न भएकाे छ।
राज्यले याे समुदायलाई साँच्चिनै हेर्नेहाे भने याे देसकाे नागरिक पनि ठानेकाे देखिन्न, किनभने देि धर्म निरपेक्ष राष्ट्र हुँदा पनि याे समुदायका मानिसहरुले आफुले अवलम्वङ गरेकाे धर्मकाे धार्मिक अभ्यास भने गर्न पाएकाे छैन।
ख्रीष्टीयन धर्म प्रचार गरेकै कारण पाेखरा स्थित प्रशस्त कटानि मण्डलिका धर्म गुरु केशब आचार्य पटक पटक पक्राउ पर्दै धराैटिमा रिहा हुनाे परेकाे घटना जगजाहेर नै छ।
के साँच्चिनै नेपाली ख्रीष्टियनहरुलाई धार्मिक पुस्तक बाईबलमा भनिए जसरिनै धर्मकाे बिरुद्ध धर्म उत्रिएकै हाे त ??
जन जनकाे मनमा याे उब्जिन थालेकाे छ।
आज आयाेजित कार्यक्रममा विशेष अतिथिकाे तर्फबाट आफ्नाे मनतब्य राख्दै जनजाति नेता आङकाजि शेर्पाले पनि यिनै बिषयलाइ प्रमुख बनाएका थिए।
यहि देसकाे नागरिकता बाेकेर पनि यहि देसमा आफ्नाे धर्मकाे अभ्यास गर्न न पाउँनाे र अन्य धर्मावलम्बीको चाडहरुमा जसरि याे समुदायले आफ्नाे चाडमा किन सार्वजनिक बिदा नपाउने? सरकारलाई शेर्पाकाे प्रस्न थियाे।
उनले थपे, चुनावकाे समयमा भाेटकाे हिसाब मात्र गर्ने जुनसुकै पार्टीहरुलाई बिश्वास नगर्नाेस,जसलाई ख्रीष्टीयनहरुले भाेट दिएर जितायाे तिनै पार्टीकाे सरकारले ख्रीष्टीयनहरुकाे बडादिन ख्रीष्टमसकाे बिदा काट्याे,तिनै पार्टीकाे सरकारले ख्रीष्टीयन धर्म गुरुकरुलाई धर्म प्रचारकाे नाउँमा झुठा मुद्दा लगाएर पटक पटक गिरफ्तार गर्याे !
धर्म निरपेक्ष राष्ट्रमा सबै धर्ममा आस्था राख्ने मानिसहरु माथि राज्यले समान व्यवहार गरिनाे पर्छ ,शेर्पाले थपे।
केही दिन अघि ख्रीष्टमस बिदा कायम गरिदिन आग्रह गर्दै राष्ट्रीय ख्रीष्टीन महासंघकाे एक टाेलि मन्त्रि प्रेम आले भेट्न जाँदा मन्त्रि आलेद्वारा बाेलिएका केही शब्दहरुलाइइ स्मरण गर्दै शेर्पाले भने,बर्षै पिच्छे बिदा कायम गरिपाउँ भन्दै जाँदा सँधैजसाे याे समुदायमाथि राज्यले लाचारै रहेकाेले याे समुदायलाई जे भनेपनि हुन्छ या जे गरेपनि हुन्न भन्ने साेँच भयाे, यस्ताे नगर्न सरकार सँ शेर्पाले आग्रह पनि गरेका थिए।
राताेपाटी न्युज,सूचना चाैतारी डट कम, एम बि मिडिया , ग्रेस एफ एम लगाएत मिडियाहरु मिडिया पाट्नरहरु रहेकाे उक्त कार्यक्रमका विशेष अतिथि बरिष्ट पत्रकार शान्ताराम बिडारी तथा बरिष्ट गजल गायक आनन्द कार्कि,केही ख्रीष्टीयन संघ संस्थाकाे अगुवाहरु तथा विभिन्न क्षेत्रमा रहेर पत्रकारिता गर्ने पत्रकार तथा मिडिया कर्मिहरुकाे उपस्थिति रहेकाे कार्यक्रम आयाेजक संस्था माफ नेपालका माहासचिव निराेज ताेलाङ्गेले संचालन गरेका थिए।
अन्तराष्ट्रिय कानुनलाई नै चुनाैति दिँदै याे सरकारले नेपाली ख्रीष्टियनहरुलाई सरकारी सेवा सुविधा र राज्यकाे पउँचमा याे समुदाएका मानिसहरुलाई समावेस नदिएर अबिभावकत्व पूरा नगरि ख्रीष्टियन समुदायलाई हेला गरेकाे भन्दै राज्य सँग अब समुदायका सबै बुज्रुक अगुवा, नेता तथा संघ संस्थाकाे प्रमुखहरुले दबाब दिनु पर्नेमा जाेड दिँदै कार्यक्रमका संयाेजक पत्रकार कुमारसिंह बिष्टले कार्यक्रमकाे समापन गरेका थिए।
