काठमाडौं । बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ ।कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरी वृत्त, बानेश्वरका डीएसपी मीमबहादुर लामाले बताए ।
उनका अनुसार आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको दमकल बोलाइएको छ । आगो कसरी लाग्यो भन्ने खुलेको छैन । आगो नियन्त्रणमा लिइसकेपछि विस्तृत अनुसन्धान हुने उनको भनाइ छ । यो समाचार तयार पार्दासम्मा आगो नियन्त्रणमा न आएको हुनाले क्षेतिको यक्किन हुनसकेको छैन ।
