काठमाडौं । धर्म प्रचारको झुठो अभियोगमा जिल्ला कारागार डोल्पाकाे थुनामा रहेका पास्टर केशव आचार्य धरौटीमा रिहा भएको छ । श्रोतका अनुसार उच्च अदालत जुम्लाको आदेशले पास्टर केशव आचार्यलाई पहिलाकै धरौटीमा छोड्ने आदेश दिएको हो ।
पास्टर आचार्यको मुद्धा पुनरावेदन तहमा उच्च अदालत जुम्लामा चलिरहेको छ, साथै अदालतमा विचाराधिनमा रहेको मुद्धालाई प्रभावित पर्ने र पार्ने कुनै पनि कुरा सामाजिक संजालमा नराखिदिन हुन पास्टर केशव आचार्यको मुद्धामा संयोजन गरि रहेको कर्णाली उद्धार समूहले अनुरोध गरेको छ ।
कर्णाली उद्धार समूहका मदनजङ शाहले तुरहीसँग कुरा गर्दै पछिल्लो समय पास्टर आचार्य धरौटिमा रिहा भएपनि उहाँको मुद्धा विचाराधिनमा रहेको हुनाले प्रार्थना गरि दिन हुन विश्वभरका नेपालीभाषी चर्चलाई आग्रह गरेकाे छ ।
आफ्नो श्रीमान् केशव आचार्य थुनामुक्त भएपछि खुशी हुँदै जुनु तिवारी आचार्यले उहाँको मुद्धा अझै पनि चलिरहेको हुनाले प्रार्थना गरिदिन हुनु अनुरोध गरेकाे छ। उनका अनुसार पास्टर आचार्य हिजो नेै जेलमुक्त भएर (यो समाचार तयार पार्दा सम्म) जुम्लास्थित उच्च अदालत जाने तयारीमा हुनुहुन्छ,उच्च अदालत जुम्लामा हाजिर भएर उहाँ केही दिनमा केशब पोखरा कास्की पुग्नेछ ।
उच्च अदालतको आदेशमा हिजो पुस ४ गते पास्टर आचार्य डोल्पाबाट थुनामुक्त भएपछि नेपाल ख्रीष्टिय समाज (एनसीएस) नेपालका महासचिव डिल्लीराम पौडेलले पास्टर आचार्यको मुद्धा चलिरहेको हुनाले अदालतलाई प्रभाव नपर्ने प्रकारले सूचना आदनप्रदान गरिदिन हुन यस सम्वद्ध पहल पैरवी गरीरहेका व्यक्ति तथा संस्थालाई अपिल गरेका छन् ।
