Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काँग्रेसबाहेक सबै दल एमसीसीको विपक्षमा : बालुवाटारबाट सुवालको ब्रिफिङ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 19, 2021
261

संसदमा रहेको गतिरोध हटाउने तथा एमसीसीबारे साझा धारणा बनाउने प्रयासस्वरुप आइतबार बसेको सर्वदलीय बैठकमा एमसीसीबारे विरोधको आवाज भारी बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेस बाहेकका सबै दलले एमसीसीको विपक्षमा आफ्नो धारणा राखेका हुन् । बैठकपछि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले काँग्रेसबाहेक संसदमा प्रतिनिधित्व गर्ने अरु दलले एमसीसी हुबहु पारित गर्न नसकिने धारणा राखेको बैठक पछि जानकारी दिए ।

उनका अनुसार बैठकको सुरुमै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे दलहरुको धारणा मागेका थिए । सो क्रममा सुवालले स्पष्ट रुपमा एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै यसलाई पारित गर्न नहुने धारणा राखेका थिए ।
‘संंसद अवरोध र एमसीसीबारे तपाईँहरुले बोलिदिनु पर्यो भनेर प्रधानमन्त्रीजूले भन्नुभयो । हामीतिरै फर्केर संकेत गर्नुभयो जस्तो लाग्यो’, उनले भने, ‘त्यसपछि हामीले धारणा राख्यौ ।’ नेमकिपाको तर्फबाट सुवालले एमसीसीको दफा ४.२ मा एमसीसीले सहायक उपाध्यक्षलाई एसिया प्यासिफिकका लागि अतिरिक्त प्रतिनिधि नियुक्ति गर्ने भनेर उल्लेख गरिएको विषय राखेका थिए ।

जसले हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धनको एक हिस्सा एमसीसी भएको पुष्टि गर्ने उनको भनाइ थियो । ‘दफा ६.८ मा एमसीसीको कारण नेपाललाई हानी नोक्सानी भएमा वा नेपालीको मृत्यु भएमा कतै उजुरी दिन नपाइने भनेर लेखिएको छ’, उनको भनाइ छ, ‘यो नेपाललाई उपनिशवेश बनाउने भन्ने हो । सम्झौतामा नेपालको कानुन लागु हुने छैन भन्ने समेत लेखिएको हुनाले पनि यो नेपालीको हितमा छैन ।’
अनुरुचि ५ (क)मा एमसीसीलाई चित्त बुझ्ने योजना नेपाल सरकारले पेश गर्ने र त्यसमा भारतको सहमति हुनुपर्ने भनेर लेखिएकाले यसको अर्थ नेपाल सार्वभौमक देश होइन भन्ने व्याख्या गर्न खोजिएको पनि बैठकमा आफूले राखेको सुवालले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved