बिगदमा यहि देसहाे जाहाँ लाेडसेडिङकै कारण कयाै उध्याेगधन्दाहरु बन्दहुँदा लाखाैँ युवाहरु बिदेसिकाे छ भने त्याे क्रम अहिले केही कम्ति हुँदै रहेकाे छ। राजनितिक अस्थिरताकाे बावजुदपनि दाेश्राे कार्यकालमा रहेकाे घिसिङ भन्छन् “पहिलाे कार्यकालकाे सुरुवातिमा यउटा बल्बभएपनि कम बालिदिनाेस ता कि बिजुलि खपत कम हुन्छ “तर अहिले भने प्रसस्त मात्रामा बिजुलि छ पर्याप्त प्रयाेग गर्नाेस”।
साे कुरा हिजाे भक्तपुरमा आयाेजित ख्रीष्टमस सुभकामना कार्यक्रममा प्रमुख अतिथिकाे मनतब्य दिनेक्रममा घिसिङले बताएका थिए। कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख साेम मिश्र, उज्यालाेका नायक कुलमान घिसिङ लाई कार्यक्रम आयाेजककाे तर्फबाट भक्तपुर ख्रीष्टिय समाज र मशिह मण्डलिकाे संयुकत रुपमा दाेसल्ला ओढायर सममान समेत गरिएकाे थियाे।
देस धर्मनिपेक्ष भइसक्दा समेत अल्पसंख्यक धार्मिक समुदायकाे धर्मगुरुहरुमाथि राज्यले बिभेदकारि नियत राखेकाे भन्दै अतिथिकाे तर्फबाट जनजाति नेता आंकाजि शेर्पाले सरकारकाे आलाेचना गरे। यहि देसकाे नागरिकता बाेकेर , यहि देसकाे सरकारलाई करतिरेर पनि मरिसक्दा पनि ख्रीष्टीयनहरुलाई शब ब्यबस्थापन गर्ने जमिन नदिएर सरकारले ख्रीष्टियनहरुलाई नेपाली नागरिक भएकाे आभास नभएकाे समेत शेर्पाकाे जिकिर थियाे।
