खोटाङ । खोटाङमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस–२०२१ का अवसरमा बैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा स्वरोजगार भएका पाँचजना युवाहरुलाई नगदसहित सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका आयोजनामा तथा बालसेवा समाज नेर्पाद्धारा संचालित हेल्भेटास नेपालको प्राबिधिक सहगोग र सुरक्षित आप्रवासन परियोजना सामीले शनिबार बिहान होटल शुभदिनमा दिवसको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उनीहरुलाई सम्मान गरेको हो।
सम्मानित हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं २ शोल्माका दुर्गा बहादुर राई, भोजकुमार श्रेष्ठ इलेक्ट्रिसियन प्लम्बीङ व्यवसाय गदै आएका छन् शोल्माकै कासकुमार राई प्लम्बीङ मेसि
न व्यवसायी हुन् ,वडा नं ६ नेर्पाका रोशन राई ग्रिल व्यवसाय हुन् भने, वडा नं १४ बुईपाका दीपेन्द्र उदास बंगुर फार्म सञ्चालक हुन् ।
आफ्नो सीपमा प्रयोग हुने ५ हजार बराबरको सामग्री र १५ हजारको चेक हस्तान्तरण गरिएको र दीपेन्द्र उदासलाई २० हजारको चेक नै हस्तान्तरण गरिएको बालसेवा समाज नेपाल नेर्पाकी अध्यक्ष भन्द्रकला भुजेलले बताउनुभयो ।
सम्मानित हुने व्यक्तिलाई नगर–प्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेबी राईले चेक र सम्मान पत्र प्रदान गर्नुभएको थियो । बैदेशिक रोजगार गएर सिप आर्जन गरेर आफ्नै गाँउमा फर्किएर आफुले सिकेको सिपलाई गाँउमै निरन्तरता दिंदै आत्मार्निभर बनेर अन्य युवाहरुलाई पनि रोजगारी दिन सफल युवा व्यवसायीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको नगर–प्रमुख दिपनारायण रिजालले बताउनुभयो ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा सम्मानका अलवा सामीले सुरक्षित आप्रवासनका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा सहभागिहरुले बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउनमा घर परिवार, समाज र स्वयंम् वैदेशिक रोजगारमा जाने व्यक्ति नै जिम्मेवार हुनुपर्ने बताए ।
