काठमाडौ । कराेडाैँमा काराेबार गर्ने भनी ल्याइएकाे जिउदाे सालक सहित कालिञ्चाेक गाउपालिका ६ लिफ्टुङ दोलखाका उद्धव थामि पक्राउ परेका छन्।
काठमाडौंको मरुछासपाखा एरियामा थामिसहितका प्रतिबन्धित दुर्लभ जिउदाे सालक अबैधरुपमा बिक्रि वितरण गर्नकालागि लुकाई राखेकाे छ भन्ने विशेष सुचनाकाे आधारमा प्रहरिले थामिलाई पक्राउगरेकाे प्रहरिले बताएकाे छ।
काठमाडौ महानगरपालिका ३२ मरुछासपाखा स्थित बुद्ध थामिकाे काेठाबाट ३ के जि ताैल भएकाे खैराे रंगकाे जिउदाे सालकलाई एक कराेड दशलाखमा बिक्रिवितरण गर्ने उदेश्यले लिई आएका ती थामिलाई सालक सहित महानगरिय अपराध महाशाखाकाे टाेलिले पक्राउगरि आवश्यक कार्वाहिकालागि जिल्लाबन कार्यालय, हात्तिसार पठाएकाे छ।
