काठमाडौं । राष्ट्रिय हिन्दु महासंघद्वारा सु-समाचार प्रचारकाे बाहानामा सनातन हिन्दुहरुलाई धर्म परिवर्तन गराकाे भन्दै तारकेश्वर नगरपालिका ५ काठमाडौं स्थायी घर भएका सुदर्शन अधिकारी माथि अपरिचित ब्यक्तिहरु खटाई गालि गलाेज र धाक घम्कि दिएकाे छ।
क्रिस्चियन भएकै कारण पटक पटक धाक धम्कि आएका अधिकारीलाई गाेलढुँगा टाेल बिकास समितिबाट समेत घर घेराउ गरि घरमा आगजनि गर्ने सम्म चेतावनि दिएकाे अधिकारीले बताएका छन्।
नेपालकाे संबिधान समानताकाे हक धारा १८ काे उपधारा २ अनुसार जात वा धर्मकाे कारण विभेद गर्न पाईने छै भने ता पनि नेपालमा अल्पसंख्यक क्रिस्चियन धार्मिक समुदायहरु भने संविधान अनुसार माैलिक हक अनुसार नागरिकले आफुले चाहेकाे धर्मकाे अवलम्वन , अभ्यास गर्न पाउने स्पष्ट लेखिए पनि क्रिस्चियन धर्मलाई अवलम्वन र धार्मिक अभ्यास गरेकै कारण देशकाे विभिन्न ठाउँमा क्रिस्चियनहरुले विभेद सहन बाध्य भएकाे देखिन्छ।
गाई खाने धर्म, बाउकाे कृया नगर्ने धर्म, डलरे जस्ता अपमानित शब्दहरुबाट अपमानित भएर पनि गाउँ बस्तिहरुमा क्रिस्चियनहरु तिरस्कृत छन् भने देशकाे राजधानिमै यस्ताे गतिविधि हुनु निन्दनीय छ।
