Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सुनसरी र झापाका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना, ४ को मृत्यु ३ घाइते

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 16, 2021
21 shares

मङ्सिर २९ गते दिउँसो साढे १ बजे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ मा प्रदेश १-०२-०४४ प ३५४० नम्बरको मोटरसाइकलले स्थानीय ४० वर्षीय बैजनाथ रिषिदेवलाई ठक्कर दिई दुर्घटना हुँदा रिषिदेव सहित मोटरसाइकल चालक भोक्राहा-८ का २१ वर्षीय सराज आलम, पछाडि सवार २३ वर्षीय ईरसाद आलम र महपुज आलम समेत घाइते भई उपचारको लागि जिल्ला अस्पताल सुनसरी पुर्‍याइएकोमा उपचारको क्रममा मध्य राती साढे ११ बजे बैजनाथ रिषिदेवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी मङ्सिर २९ गते राती पौने ८ बजे झापाको कनकाई नगरपालिका-७ दुर्गापुर स्थितमा ना ५ ख ७९३७ नम्बरको बसले र विपरीत दिशाबाट आउँदै गरेको मे ७ प २८४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इलाम रोङ गाउँपालिका-६ का ३३ वर्षीय सन्तोष राई र पछाडि सवार ४० वर्षीय चन्द्र बहादुर राई घाइते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पुर्‍याइएकोमा उपचारको क्रममा राती पौने ९ बजे दुवै जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बस र बस चालक इलामको चुलाचुली गाउँपालिका-६ का ३१ वर्षीय सरोज ढकाललाई इलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा लिइएको छ ।

यसैगरी झापाको कनकाई नगरपालिका-३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका-८ की ३८ वर्षीय राधिका सेडाई रहेको प्रहरीले जानकारी दिएको छ ।

हिजो राती पौने १२ बजे ना ६ ख ५७१३ नम्बरको ट्रकले राधिकालाई ठक्कर दिई गम्भीर घाइते बनाएकोमा उपचारको लागि विएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउन साथ उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । ट्रक र ट्रक चालक सर्लाहीको बागमती नगरपालिका-४ का २९ वर्षीय उतम वाइबालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved