झापाको दमक बजारमा बुधबार बेलुकी ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
हतियार प्रहारबाट गम्भीर घाइते पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सी अस्पताल लगिएपनि अस्पातल पुर्याउनासाथ तत्कालै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए । घटनामा संलग्न कोही पनि तत्काल पक्राउ परेका छैनन् । प्रहरीले सो घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताएको छ ।
