Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको संघीय अध्यक्षमा कुमार लिङ्देन निवार्चित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 16, 2021
580

धरान ।मंसिर २६ र २७ गते धरानको होटल इजी राइडरमा सम्पन्न तेस्रो संघीय राष्ट्रिय महाधिवेशनबाट लिङ्देन संघीय अध्यक्षमा निवार्चित भएका हुन् । कार्यसमिति १८० सदस्यीय रहेको छ । महाधिवेशनबाट उपाध्यक्षहरुमा ज्ञानबहादुर गुरुङ, ज्ञानबहादुर लिम्बु इम्बुङ, बिशेन्द्र चेम्जोङ, विष्णु तुम्बाहाम्फे, चन्द्र खापुङ, इन्द्रकुमार श्रेष्ठ, विष्णुकुमार यक्सो, अम्बरबहादुर लिम्बु पन्धाक, रघुवीर ठगुन्ना, शर्मिला बागचन्द, तेण्डी शेर्पा, मिङ्मार लामा र कृष्ण थेवे चयन भएका छन् । यस्तै, प्रवासबाट उपाध्यक्षहरुमा चन्द्रकुमार लिङ्देन, टंक खापुङ, शर्मिला यक्सो लिम्बु चयन भएका छन् भने महासचिवमा अशोक चेम्जोङ, शान्ता योङ्हाङ छन् ।

Open photo

नवनिवार्चित अध्यक्ष लिङ्देनले बुधबार आयोजित पत्रकार सम्मेलनमा आगामी निर्वाचनमा मञ्चलाई राष्ट्रिय दल बनाउने लक्ष्य राखिएको बताए । उनका अनुसार चुनाव चिह्न खुकुरीमा कम्तीमा ३ प्रतिशत अर्थात ३ लाख भोट ल्याएर राष्ट्रिय दल बनाउने राजनैतिक कार्यदिशा महाधिवेशनबाट पारित भएको छ । यस्तै, सबै प्रदेशहरुमा १५ जनाको दरले प्रदेश सांसदहरु उपस्थित गराउने पनि लक्ष्य राखिएको उनले बताए । ‘मञ्चले उठाउदै आएको १० प्लस १ को मुद्दालाई ५ बर्षमा वारपार गर्ने कार्यदिशा पनि पारित भएको छ,’उनले भने ।

 

अध्यक्ष लिङ्देनले प्रवासमा बसेका नेपालीहरुलाई पनि मताधिकार दिइनुपर्नेमा जोडदिए । प्रत्यक्षमा नभएपनि समानुपातिकमा मताधिकार प्रवासमा भएका नेपालीहरुले पाउनुपर्ने उनले बताए । ‘प्रवासमा ४० देखि ५० लाख नेपालीहरु श्रम गर्न गएका छन्, उनीहरुले पठाएको रेमिट्यान्सले देश चलेको छ, तर उनीहरुलाई मताधिकार किन नदिने ?’उनले भने ।

अध्यक्ष लिङ्देनले गण्डकी प्रदेशबाहेकको सबै प्रदेशका राजधानीहरु सिमाना नजिक तराईमा राखेर पहाडलाई अन्याय गरेको पनि बताए । उनले आफुहरुको एजेण्डा १० प्लस १ प्रदेश हुँदा ९ वटा राजधानी पहाड हुने भएकोले पहाडलाई न्याय हुने पनि बताए । ‘पहाडका भगौडा नेताहरुले प्रदेशको राजधानी सिमानामा बनाए, अनि दोष चै भारतलाई दिने ?’उनले भने, ‘पहाडलाई वेवास्ता गरियो । पहाडलाई बनाउने योजना खै त ? ११ वटा प्रान्त भयो भने ९ वटाको राजधानी पहाडमा हुन्छ, र पहाड पनि बन्छ ।’

Open photo

लिङ्देनले विकासले बसाई सराईको क्रम नरोकिने जिकिर गर्दै राजनैतिक अधिकार पहाडमा पुगे मात्र बसाई सराईको क्रम रोकिने बताए । पहाडलाई मरुभुमीकरण गर्ने दिशामा अहिलेको राज्यव्यवस्था अघि बढेको भन्दै उनले पहाडलाई जोगाउनुपर्ने धारणा पनि राखे । ‘पहाड सुरक्षित छ, सौन्दर्य छ, पहाडमा नै सहर विकास गर्दै जानुपर्छ,’उनले भने ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved