Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमाले भित्र देशव्यापी असन्तुष्टि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 14, 2021
290

काठमाडौं। नेकपा (एमाले)भित्र वरीयताक्रम, कार्यविभाजन र केन्द्रीय सदस्य मनोनयनको विषयलाई लिएर देशव्यापी रुपमा असन्तुष्टि बढेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीहरूसँग छलफल नगरी कार्यविभाजन,मनोनयन र वरीयताक्रम निर्धारण गरेपछि असन्तुष्टि देखिएको हो। नवौं महाधिवेशनमा माधव नेपालसँग जोडिएका र पार्टीमा फरक विचार राखिरहेका नेताहरूप्रति ओलीले पूर्वाग्रह राखेर कार्यविभाजन गरेको आरोप नेताहरूले लगाएका छन्।

दोलखाका एमाले अध्यक्ष ईश्वरचन्द्र पोखरेलले आफूभन्दा कनिष्ठलाई केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज बनाएको भन्दै राजीनामा घोषणा गरेका छन्। दोलखामा सरस्वती बस्नेतलाई इन्चार्ज बनाएर पठाएपछि उनले राजीनामा दिएका हुन्।

ओखलढुंगाका एमाले नेता छवि कार्कीको हत्या आरोप लागेका बालकृष्ण ढुंगेललाई पोलिटब्युरो सदस्य बनाएपछि उनलाई एमालेको नेता मानेर कार्यकर्तामाझ जान असजिलो भएको एमालेका पुराना नेताहरूले बताएका छन्। ढुंगेल माओवादीबाट एमालेमा आएका हुन्। ‘हिजोसम्म उहाँलाई हामीले हत्यारामात्रै भनेनौं, माओवादीहरूले हाम्रा कार्यकर्तालाई गरेको थिचोमिचो लिएर जनतामाझ गएका थियौं।

आज तिनै मान्छेलाई पोलिटब्युरो सदस्यका रुपमा लिएर हिँड्नुपर्ने अवस्था आयो। दुई कार्यकाल केन्द्रीय सदस्य भएका यज्ञराज सुनुवार र किशोर अधिकारी पोलिटब्युरो सदस्य बन्न सकेनन्। प्रचण्ड (माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल) लाई गाली गरेको भरमा ढुंगेललाई नेता बनाइयो। यो अवस्थामा हामी कार्यकर्तामाझ जाने अवस्था छैन’,एक नेताले भने।

दैलेखको इन्चार्ज मागेका विष्णु रिजालले महासचिव शंकर पोखरेलसँग असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार साँझ लामो समय कुराकानी गरेका रिजालले प्रचार विभागको उपप्रमुख पाएका थिए। रिजाललाई दैलेखको सहइन्चार्ज दिइएको थियो। त्यसैगरी जाजरकोटको सहइन्चार्ज पाएका निरज आचार्यले लिखित रुपमै असन्तुष्टि व्यक्त गरेका छन्। महासचिव शंकर पोखरेलमार्फत उनले असन्तुष्टि जनाएका हुन्।

त्यसैगरी झपट रावलले पनि १० बुँदे सहमति गरेर एमालेमै रहेका नेताहरूको कत्लेआम गरेको भन्दै कैलाली जिल्लाको सहइन्चार्ज अस्वीकार गरेका छन्। उनी यसअघि कैलालीको इन्चार्ज थिए। ‘कार्यविभाजनमा त कत्लेआम गरियो,मभन्दा जुनियरलाई पोलिटब्युरो र इन्चार्ज दिइयो। मैले यो विषयमा लिखितरुपमा असहमति प्रकट गरेको छु’, उनले भने।

‘अध्यक्षले जिम्मेवारी दिँदा भेदभाव हुन्न भन्नुहुन्थ्यो तर ती सबै भन्ने कुरा रहेछन्’, केन्द्रीय सदस्य निरज आचार्यले भने। उनले पनि लिखित असहमति प्रकट गरिसकेका छन्। सिन्धुलीका गणेश पहाडी दुईपटक केन्द्रीय सदस्य भए पनि पोलिटब्युरो सदस्य बनाइएनन्।
उनलाई जिल्ला इन्चार्ज पनि दिइएको छैन। त्यहाँ पहाडीलाई पेल्नकै लागि माओवादीमा गएर एमालेमा फर्केका विषमलाल अधिकारीलाई मनोनयन गरिएको छ। संविधानसभाको निर्वाचनमा टिकट नपाएको भन्दै अधिकारी २०७० सालमा माओवादीमा गएका थिए। अहिले उनी माओवादी छाडेर एमालेमा आएका छन्।

दुईपटक स्थायी कमिटी सदस्य भएका किरण गुरुङलाई प्रदेशको इन्चार्जबाट वञ्चित गरिएको छ। श्रीमाया थकाली दुई पटक पोलिटब्युरो सदस्य भएर पनि अहिले स्थायी कमिटी सदस्य बन्न सकिनन्। नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved