Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आज पनि उच्च अङ्कले घट्यो नेप्से

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 12, 2021
[webverse_shares]

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिन थालेपछि लगातार ओरालो लागेको नेप्से परिसूचक साताको पहिलो दिन आइतबार समेत ओरालो लाग्दा दुई हजार ३०० को बिन्दुमा झरेको छ । आजसम्म आइपुग्दा बजार झण्डै एक हजार अङ्कले घटेको छ । यस्तै बजार पूँजीकरण समेत झण्डै रु ११ खर्बले घटेको छ ।

साताको पहिलो दिन नै सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक झण्डै ८९ अङ्कले ओरालो लागेको हो । बजारले ‘बियरिस टे«ण्ड’ समातेको भन्दै यस्तो बेला नआत्तिइकन लगानी गर्न जानकारहरूले सुझाव दिएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ८८ दशमलव ७० अङ्कले ओरालो लागेर दुई हजार ३६१ दशमलव २७ अङ्कमा झरेको छ । यो पछिल्ला दिन मध्येको सबैभन्दा न्यून बिन्दु हो ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १५ दशमलव १५ अङ्कले आरोलो लागेर ४५० दशमलव ०८ अङ्कमा ओर्लिएको छ । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत सस्तोमा समेटिएको छ । कूल २२८ कम्पनीको ७४ लाख ६० हजार ८७४ कित्ता सेयर रु तीन अर्ब ३८ करोड २५ लाख ९ हजार ५२० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेर तल्लो बिन्दुमा झरेको छ । नेप्सेका अनुसार बैंकिङ ४४ दशमलव ५३, व्यापार १८९ दशमलव २५, होटल तथा पर्यटन ८७ दशमलव २६, विकास बैंक २८१ दशमलव ७९, जलविद्युत् १२४ दशमलव ९६, वित्त १०० दशमलव २७, निर्जीवन बीमा ४९० दशमलव १२, उत्पादन १८६ दशमलव ६८, अन्य ६३ दशमलव ०४, लघुवित्त १७५ दशमलव ६३, जीवन बीमा ५०७ दशमलव ६१, सामूहिक लगानी कोष ० दशमलव २ र लगानी ३ दशमलव १५ अङ्कले ओरालो लागेका छन् ।

कारोबारका आधारमा मञ्जश्री फाइनान्स शीर्ष स्थानमा रह्यो । सो बैंकको रु ३१ करोड २८ लाख ८३ हजार १९१ बराबरको कारोबार भयो । यस्तै, नेशनल हाइड्रोपावर रु १३ करोड ६३ लाख ७९ हजार ८६७, नबिल बैंक रु ११ करोड ५९ लाख ५२२, महालक्ष्मी विकास बैंक रु आठ करोड २६ लाख १२ हजार ४५३ र अपि पावर कम्पनी रु सात करोड ४ लाख ८३ हजार ८८० बराबरको कारोबार भयो ।

युनिलिभर नेपाल २, स्वाभिमान लघुवित्त २, नारायणी डेभलपमेन्ट बैंक १ दशमलव ४६, गुडविल फाइनान्सको डिवेञ्चर १ दशमलव ३५ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले १ दशमलव १५ प्रतिशतले कमाए ।

नयाँ सारथी लघुवित्त १०, लक्ष्मी इक्विटी फण्ड ९ दशमलव ६२, जानकी फाइनान्स ९ दशमलव १७, नेपाल हाइड्रो डेभलपर ९ दशमलव ०५ र समता घरेलु लघुवित्तको सेयर ८ दशमलव ९६ प्रतिशतले घट्यो । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब १९ अर्ब ६४ करोड ९८ लाख २३ हजार ९१६ बराबर पुगेको छ । drishtinews.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved