विनोद मण्डल । सिरहाको अर्णामा गाउँपालिकामा विकास निर्माण कार्य ओझेलमा परेको देखिन्छ । पालिका अध्यक्षले आफ्नो नजिकको मान्छेलाई उपभोक्ता समिति बनाई विकास सञ्चालन गर्दा सडक ,पानी निकास ,दलान , मंदिर जस्ता भौतिक संरचना ओझेलमा परेको छ ।
विकासका बारेमा उपभोक्ता समिति गठनको प्रक्रियाको बारेमा गुपचुप रहने पालिकाको हैकमवादको कारण हामीले सास्ती भोग्दै आएको स्थानियको गुनासो रहेको छ भने त्यहाँका निर्माणधिन भवनहरूमा व्यापक अनियमितता भएको स्थानियको गुनासो रहेकाे पाइन्छ । विकासका कार्यमा प्रक्षय अप्रत्यक्षय रूपमा त्यहाँका सरकारी कर्मचारीहरु सहभागिता रहिआएको स्थानियको गुनासो छ ।
स्थानिय स्तरमा निर्माण भएको दलानको उपभोक्ता समिति गठनमा गरेको भ्रष्टाचार र स्थानिय पोखरीबाट पानी निकासको लागि बनाइएको करिब १० लाख लागतको नगरबाट पानी निकास नभएपछि पुन उक्त नगर भत्काउन लागिएको अवस्था रहेको छ भने करिब १ करोड लागतमा तयार हुन लागेको स्वास्थय भवनको अवस्थाप्रति स्थानिय जनता अनविज्ञ देखिएका छन् । समाचार संकलन गर्दा स्थानियले डराई डराई विवरण दिएको हुनाले सत्य तथ्य बाहिर ल्याउन आम सञ्चारलाई स्थानियले गुहारेका छन् ।
यस पालिकाभित्र तत्काल अख्तियारको ध्यान केन्द्रित गर्नुपर्ने आजको आवस्यकता महसुस गरिएको छ । file photo
