विनोद मण्डल । घर नजिकैको जंगल छेउको खुला चौरमा भैंसी चराई रहेको अवस्थामा एका एक पछाडिबाट गैडाले आक्रमण गर्दा कावासोती नगरपालिका वडा नं १५ शेरगन्जका ६५ वर्षिय रेशम लाल महतो गम्भीर घाइते भएका थिए ।
घाइते अवस्थाको महतोलाई मध्यबिंदु अस्पताल लगिएको थियो र उपचारको क्रममा उनको मृत्यु भएको थियो भने शव पोस्टमार्दमका लागि जिल्ला अस्पताल मध्यबिन्दु मा राखिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
