भक्तपुर। भक्तपुरमा युवा संघका जिल्ला सदस्य राजन श्रेष्ठको हत्या भएको छ ।मंगलबार राति पौने १० बजे भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट हनुमन्ते खोलाको पुलमुनि गम्भीर घाइते अवस्थामा भेटिएका उनको उपचारका क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक लोकबहादुर जीसीले जानकारी दिए ।
जीसीका अनुसार घर फर्कने क्रममा कुटपिट गरिरहेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरी प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर अस्पताल लैजाँदा अस्पतालले मृत घोषित गरेको उनले जानकारी दिए।
श्रेष्ठको हत्यामा संलग्नको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीको कमाण्डमा टोली गठन गरेको छ ।
आर्थिक लेनदेनकाे बिषयमा बिबादले साे दुर्घटना भएकाे भनी केही संचार माध्यमहरुमा भनिएपनि सत्य तथ्य के हाे अनुसन्धानले बताउने बताउछन् अनु सन्धानकालागि गठित टाेलिका नायब उपरिक्षक नरहरि रेग्मी।
