खोटाङ । भर्खरै सम्पन्न १४ औं महाधिवेशन अन्तरगत खोटाङको सातौं जिल्ला अधिवेशनमा भुपेन्द्र राई भारी मतका साथ संघीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए। १नं प्रदेश समितिका महामन्त्री पदका लागि भूपेन्द्र राई विजयि भएका भूपेन्द्र राई काे हुन त ?हाल खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको निर्वाचित गाउँपालिका अध्यक्ष भुपेन्द्र राई २०३५ असार १५ गते साविकको याम्खा गाविसस्थित रातमाटा गाउँमा जन्मिएका हुन।
महेन्द्रोदय प्राथमिक विद्यालय लिलिमा याम्खाबाट प्रारम्भिक शिक्षा सुरु गरेका उनले २०५२ सालमा महेन्द्रोदय माध्यमिक विद्यालय डाडाँगाउँ ओख्रेवाट प्रवेशिका परीक्षा उतिर्ण गरेका थिए। प्रवेशिका परीक्षा उतिर्णसँगै राई विधार्थी राजनीतिमा सक्रिय भए। प्रवेशिका परीक्षा उतिर्णपछि उच्च शिक्षाका लागि शहर हिडेका राईले रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंबाट विए, २०६२-०६३ सालमा त्रिभुवन विश्व विद्यालय र्कितिपुरबाट इतिहास विषयमा स्नातकोत्तर सकेका हुन।
इतिहास विषयमा प्रथम श्रेणीमा प्रथम स्थान हाँसिल गरेका राई २०५५ सालमा रत्नराज्य लक्ष्मी क्याम्पसमा नेविसंघ इकाइकोे उपसभापति भएका उनी सोही र्षमा भएको स्ववियु निर्वाचनमा नेविसंघका तर्फवाट उपसभापतिको उम्मेद्वार बनेका थिए । २०५७ सालमा रत्नराज्य लक्ष्मी क्याम्पसको नेविसंघ इकाइ सभापति भएका उनले त्यही वर्ष भएको स्ववियु निर्वाचनमा सभापतिको उम्मेद्वारी दिए, २०६० सालमा सोही क्याम्पसमा भएको स्ववियु निर्वाचनमा पुनः सभापतिका उम्मेद्वारी दिएर उनी पराजित हुन पुगे।

नेविसंघ सभापति प्रदीप पौडेलको कार्यकाल २०६३ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका राई २०६८ सालमा नेपाली कांग्रेस विधार्थी विभागको केन्द्रीय सदस्य बनेर जिल्ला खोटाङ फर्के। पाँचौ जिल्ला अधिवेशन अन्तर्गत क्षेत्रिय सभापतिमा उम्मेद्वारी पनि दिएका उनी फलस्वरुपः निर्वाचित क्षेत्रिय सभापतिले पार्टीका विरुद्ध बागी उम्मेद्वारी दिएपछि भएको विशेष क्षेत्रीय अधिवेशनमा पनि क्षेत्रीय सभापतिका उम्मेद्वारी दिएका राइ जिल्ला कार्य समिति सदस्य बने र संगठन विभाग प्रमुख भएर जिम्मेवारी सम्हाले।
छैंटौ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसवाट दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन । नेपाली काँग्रेस पार्टी र समग्र खाेटाङ जिल्लाकालागि हाेनहार मानिएका राईले हाल १४औँ महाधिवेशनबाट १ नम्मर प्रदेश समितिकाे महामन्त्री पदकालागि खसेकाे कुल १७५२ मतबाट उनी महामन्त्री पदकालागि राई विजयि भएका हुन्।
