Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमालेले कार्वाहि गरेका सांसदहरूलाई संसदमा प्रवेश दिईयाे भने संसदबैठक अवरुद्ध गर्छाैं : पूर्व उपप्रधानमन्त्रि महासेठ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 5, 2021
891 shares

काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले वर्तमान सरकार कुनैपनि क्षेत्रमा सफल हुन नसकेको टिप्पणी गरेका छन् । उनले वर्तमान सरकारलाई अपवित्र हरुको गठबन्धन सरकारको पनि संज्ञा दिएका छन् ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले अहिले ताजा जनादेशको आवश्यत्ता औंल्याए । उनले भने,‘अहिले देशमा अपवित्र गठबन्धनको सरकार छ । यो सरकार दिशाहिन तरिकाले अघि बढिरहेको छ । यो सरकारले अहिलेसम्म कुनैपनि क्षेत्रमा उपलब्धि हाँसिल गरेको छैन । चाहे त्यो विकासको क्षेत्र होस, वा स्वास्थ्य क्षेत्र होस, निर्माणको होस वा बजेट कार्यान्वयनको सवाल होस, अथवा विदेशी नीतिको सवाल होस, यो वर्तमान सरकार कुनैपनि क्षेत्रमा सही तवरले अघि बढेको छैन । यो सरकार असफल सरकारको रुपमा स्थापित भैसकेको छ । यो सरकारले केही गर्न सक्दैन भनेर जनताले बझेका छन् ।’

साक्षात्कारमा बोल्दै उनले एमालेले ताजा जनादेशको माग गरेको पनि स्मरण गराए । उनले भने,‘अब देशलाई बन्धक बनाएर राख्नुभएन, नयाँ निर्वाचनतर्फ जानुपर्छ । त्यो माग हामीले गरिसकेका छौं । जतिसक्दो छिटो जनताको बीचमा जान सकियो, त्यो नै जनताको लागि पनि हित हुन्छ, अब निर्वाचनको विकल्प छैन् । एमाले जहिले पनि जनताको बीचमा जान तयार रहेको थियो, छ र रहनेछ । हाम्रो अध्यक्ष आदरणीय केपी शर्मा ओलीज्यूले पनि यो कुरा भन्नुभएको छ । उहाँले सुत्तामा हुँदापनि यो कुरा भन्नुभएको थियो । अहिले गठबन्धनभित्रैबाट पनि निर्वाचनमा जाने विषय भएको छ ।’

महासेठले वर्तमान सरकारले कोभिडविरुद्धको खोपको व्यवस्थापन पनि गर्न नसकेको र त्यो त एमालेको नेतृत्वको सरकारले गरेको दाबी गरे । उनले थपे–‘अब यो सरकार जानुपर्छ, सत्ताभन्दा बाहिर जानुपर्यो । सरकारलाई फाल्नको लागि दुईवटामात्रै विकल्प छ, या त अविश्वासको प्रस्ताव ल्याएर हटाउनुपर्यो, वा होईन भने निर्वाचनमा जानुपर्छ । हामी अहिले अविश्वासको प्रस्ताव ल्याउने पक्षमा छैनौं । हामी त यो सरकार कुन उद्देश्यले बनेको थियो त्यो कुरा जनताले थाहा पाउनुपर्छ भनेर बसेका थियौं । अहिले थाहा भयो नि ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही मंसिर २८ गतेको लागि संसद् अधिवेशन आह्वान भएको उल्लेख गर्दै उक्त दिन आफूहरुले कारबाही गरिसकेका सांसदहरुको उपस्थिति रह्यो भने पार्टीले सदन चल्न नदिने चेतावनी दिए । उनले भने–‘यो संसद्को अधिवेशनको अवधिमा वर्तमान सरकारको क्रियाकलाप कस्तो हुन्छ ? त्यो हामी हेर्छौं । जहाँसम्म हाम्रो सवाल छ, एमालेको सवाल छ । एमालेले कारबाही गरेका सांसदहरुलाई संसद्मा प्रवेश दिईयो भने हामी फेरि पनि संसद् बैठक अवरुद्ध गर्छौं ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved