काठमाडौ । राप्रपाको केन्द्रीय अध्यक्षमा पराजित भएपछी निवर्तमान अध्यक्ष कमल थापाले पुर्व राजा ज्ञानेन्द्र शाहप्रती तीखो टिप्पणी गरेका छन् । झन्डै २ सयमतको अन्तरले प्रत्याशी राजेन्द्र लिङ्देन सङ्ग पराजय भोगेका थापाले अब राजा र राजसंस्थाबाट मुक्ति पाएको समेत संकेत गरेका छन् ।
उनले ट्विटमा आफ्नो पराजयमा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको उल्लेख गर्दै भनेका छन् ‘ congrats@Gbbshah. thankyou मैले राहत उन्मुक्ति पाएको छु ।’
लामो समयदेखि राप्रपाको नेतृत्व गर्दै आएका थापा राजा र राजसंस्थाको वकालत गर्दा नथाक्ने नेता हुन् । निर्वाचनमा त्यो संस्थाबाट साथ नपाएको छ्नक पछि उनले ट्विटरबाट आफ्नो आक्रोश पोखेका हुन् ।
उनले त्यति मात्रै हैन ‘ सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिडेको पुरस्कार आज पाईयो’ भन्दै लेखेका छ्न ‘ सो एजेन्डाको मुल संम्वाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएक चेष्टाले राजाको भलो होस, हार्दिक शुभकामना ‘
थापाले आफ्नो पराजयलाई स्वीकार गर्दै अध्यक्षमा बिजयी लिङ्देनलाई जितको शुभकामना पनि दिएका छन् । आईतवार बिहान सकिएको मतगणना अनुसार राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन् ।कमल थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो ।

