काठमाडौं । ललितपुर चक्रपथ र मुख्य सडक सरसफाई तथा सुन्दरता अभियानले आज १००औँ दिन पूरा गरेकाे छ।
साे अवसरमा ललितपुर स्थित एक कार्यक्रममा नेपाल सरकारका उर्जामन्त्रि पम्फा भुसालकाे प्रमुख उपस्थितिमा १००औँ दिनकाे कार्यक्रम सम्पन्न भएकाे छ।
सरसफाई अभियायनमा निरन्तर सहयाेग गर्ने विभिन्न संघ संस्था लगायत सुरक्षाकर्मीकाे उपस्थितिमा भएकाे कार्यक्रममा कार्यक्रमका अध्यक्षता भने उक्त अभियायनमा सहयात्रि नेप्सेम्याकका प्रमुख लक्ष्मि गेलालले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथिकाे तर्फबाट गमलाकाे बिरुवामा पानी राख्दै कार्यकर्यक्रमकाे उद्घाटन गरिएकाे उक्त कारयक्रममा प्रमुख अतिथि भुसालले हामिले घरबाट फाल्ने गरेकाे फाेहाेर नभएर प्रयाेग गर्न जानिएमा माेहाेरकाे रुपमा परिणत हुने र साँच्चिनै हामिले आफ्नाे फाेहाेर काे आफै ब्यबस्थापन गर्न सके सहर सफा रहने बताएकाे थियाे ।
कार्यक्रममा सुन्दरनेपाल सरसफाइ अभियानका अध्यक्ष बिरबहादुर तामाङ साथै अभियानका उपतयका संयाेजक नवीन थापा, ललितपुर जिललाका विभिन्न पदाधिकारि सहितकाे उपस्थिति थियाे।
