Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

धर्मनिरपेक्ष राष्ट्रमा धर्मगुरु पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 30, 2021
123 shares

 

निरोज तोलाङे, काठमाण्डौँ । जनजागरण पार्टी नेपालका अध्यक्ष डा. वि.पी. खनालले पास्टर केशवराज आचार्यमाथि लगाइएको धर्म परिवर्तन सम्बन्धि मुद्धाले अल्पसंख्यक धार्मिक समुदायमाथि अब सङ्कटका दिन शुरू भएको सङ्केत गरेका छन् ।

प्रशस्त कटनी चर्च पोखराका पास्टर आचार्यमाथि लगाइएको मुद्धाले अल्पसंख्यक धार्मिक समुदायमाथि राज्यको अत्यन्तै सुनियोजित अन्यायपूर्ण कदम भएको भन्दै ख्रीष्टियन समुदायमाथि सङ्कटका दिन शुरू भएको सङ्केत गरेका हुन् ।

डा. खनालले भने, ‘कानुनले धर्मगुरुहरूलाई छानीछानी अपराधीकरण गरिसकेकोले यो सरासर अल्पसंख्यक धार्मिक समुदायमाथिको विभेद हो ।’

मंगलबार धर्म परिवर्तनको मुद्धामा जिल्ला अदालत डोल्पाका न्यायधीश केशवराज चपाईको एकल इजलासले कसुरदार ठहर गर्दै पास्टर आचार्यलाई धर्म सम्बन्धि कसुरमा २ वर्ष कैद र २० हजार जरिवाना सजाय दिने फैसला गरी कारागार पठाउन आदेश दिएको हो ।

यसअघि नै राष्ट्रिय ख्रीष्टियन महासंघले पत्रकार सम्मेलन गरी पास्टर आचार्यको पुनः पक्राउको विरोध गरी पक्राउको निन्दा गरेको छ भने अन्य ख्रीष्टियन समुदायका अधिकारका लागि स्थापित संघसंस्था नेपाल ख्रीष्टियन समाज र नेपाल राष्ट्रिय मण्डली संगति भने मौन बसेको थियो । यस्तै आमुल परिवर्तन मसिहा पार्टी र जनजागरण पार्टीले मुद्धा एक तर छुट्टाछुट्टै कोहीले मोटरसाइकल र्याली र कोणसभा र कोहीले माइतीघरमा शान्तिपूर्ण यालीमार्फत पक्राउको विरोध गरेको थियो ।

कास्कीको पोखरास्थित प्रशस्त कटनी मण्डलीका पास्टर आचार्यलाई पोखरा महानगरपालिका–२९ पावर हाउसबाट धर्मको नाममा कोरोना भाइरसबारे भ्रामक सन्देश फैलाएको भन्दै कास्की प्रहरीले गत २०७६ चैत्र ११ गते पक्राउ गरेको थियो । भने कास्की जिल्ला अदालतबाट गत २०७६ बैशाख ३१ गते धरौटीमा रिहाइ भएका आचार्यलाई मुलुकी अपराध संहिताको दफा १५८ को धारा १ र २ बमोजिम २०७७ जेठ ११ गते धर्मपरिवर्तन सम्बन्धि मुद्धामा पक्राउ गरेर प्रहरीले डोल्पा पु-याएको थियो । उनीविरुद्ध उक्त मुद्धा कास्की जिल्ला अदालतमा पनि विचाराधीन अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved