उमेश भुजेल,खोटाङ । खोटाङको केपिलाषगढी गाउँपालिका कार्यालयको नवनिर्मित मुख्य प्रशासकीय भवनको उद्घाटन गरिएको छ । १ करोड ८० लाख लागतमा निमार्ण गरिएको भवनको शोमबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । स्थानीय उपभोक्ता समितिले दुई वर्षमा निमार्ण गरिएको भवनको कार्यालय व्यावस्थापन गर्नको लागि करिव १ वर्ष वितेको गाउँपालिका उपाअध्यक्ष हिरा कुमारी वन गिरीले बताउनु भयो ।
सक्षम निमार्ण सेवा कोसी गाउँपालिका ३ ले ३३ लाख २५ हजारको टेन्डर प्रकृयामा प्रशासकी भवनको व्यावस्थापन सम्पन्न गरे पश्चात आज उद्घाटन गरिएको गाउँपालिका उपाध्यक्ष वनको भनाई छ । गाउँपालिकाले विगतमा तत्कालीन बाक्सिला गा.वि.स. र पृथ्वी मा.वि. को जिर्ण भवनलाई मर्मत गरी सेवा दिइरहेको थियो । गाउँपालिका आफ्नै प्रशासनिक भवनमा सरेपछि दैनिक कामकाजमा समेत सहज भएको प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले बताउनु भयो ।
जनप्रतिनिधि निर्वाचित भएर आएको ५ वर्ष वित्नै लाग्दा गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको हो । दुई नगरपालिकासहित दश स्थानीय तह रहेको जिल्लामा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचङ नगरपालिका, खोटेहाङ गाउँपालिका, रावाबेँसी गाउँपालिका, दिप्रुङ चुुइचुुम्मा गाउँपालिका, बराहपोखरी गाउँपालिकाले यसअघि नै आफ्नो कार्यालय भवन निर्माण गरेर सञ्चालनमा ल्याइसकेका छन् । ऐसेलुखर्क, जन्तेढुङ्गा र साकेला, गाउँपालिकाले पनि धमाधम आ–आफ्नो प्रशासनिक भवन निर्माणको काम गरिरहेका छन् ।
