उमेश भुजेल , खाेटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ६ मंलगटारले प्रत्यक टोल र आमा समुहलाई आमा समूहलाई विद्युतीय कुटानी पिसानीका मिल वितरण अभियान सम्पन्न भएको छ । ढिकी जाँतोमा अन्न पिस्दै आएका आमा समूहलाई छिटो र छरीतोको लागि वडाले अभियान नै चलायर आज ६ आमा समुहलाई विद्युतीय कुटानी पिसानीका मिल वितरण गरेसंगै यस अभियान सम्पन्न भएको हो ।घरायसी काममा बोझ खेपिरहेका महिलाको कामको बोझ घटाउने र समय सदुपयोगका लागि अन्न कुटानी पिसानी मिल प्रदान गरिएको वडा अध्यक्ष रमेश कुमार राउतले बताउनु भयो ।
वडा कार्यालयको आफ्नै लागतमा पहिलो वर्ष ४ वटा टोल तथा आमा समुहलाई, दोश्राे बर्ष ९ वटा आमा समुह र यस वर्ष ६ वटा टोल तथा आमा समुहलाई कुटानी पिसानी मिल वितरण गरेको वडा कार्यलयले जनाएको छ । वडाले यस वर्ष मात्रै तिन लाख ५० हजारको ६ वटा टोल र आमा समुहलाई कुटानी पिसानी मिल वितरण गरेको वडा अध्यक्ष राउतको भनाई छ । वडा अध्यक्ष राउतले भन्नु भयो, आमा समुहको माग र टोलको आवश्यतालाई मध्यनजर गर्दै विद्युतिय कुटानी पिसानी मिल वितरणको अभियानै चलायपछि हरेक आमाहरुले आफैंलेनै चलाउने भएका कारणले गर्दा हरेक अहिले यस मिलको प्रभावकारीता रहेको छ ।
वडाका आमाहरूलाई नियमित बचत गर्ने वानी बसाउनको लागि सहकारी सस्थान गरि नियमित बचत गराएको उहाँको भनाई छ । यस्तै वडाले एक आमा एक सुगुर बाख्रा कार्यक्रम पनि सञ्चालन गरेको वडा अध्यक्ष राउतले बताउनु भयो । यस्तै समयको बचत र दाउराको सदुपयोगको लागि सुधारीयको चुलो निमार्णका लागि सामाग्री पनि वितरण गरेको वडा कार्यालयले जनाएको छ ।
