भक्तपुर। नेपाली काँग्रेसकाे १४औँ अधिवेशन अन्तर्गत भक्तपुर जिल्ला अधिवेशनमा सभापतिका लागि दुर्लभ थापा र अष्ट कुमार कवे समुहबिच लाेकतान्त्रिक प्रकृया अन्तर्गत कडा प्रतिस्पर्धा हुने संकेत देखिएकाे छ।
जिल्लाका जम्मा १०५८ भाेटमध्यबाट जुनसुकै समुहले जित हासिलकाे लागि ५३० मत अनिवार्य प्राप्तगर्नैपर्ने देखिन्छ। जिल्लामा पार्टीभित्रैकाे लाेकतान्त्रिक प्रकृया अपनाइएको हुनाले जुन समुहले बिजय हासिल गरेपनि पार्टिकाे जित हाे भन्नुहुन्छ जिल्ला सभापतिका उमेदवार दुर्लभ थापा।
पार्टीभित्र अनेकाै गुट उपगुटकाे हावि भएपनि आखिर हामिले जिल्लाकै लागि र देस जनताकाे लागि सँधै लडिरहने भएकाे हुँदा याे प्रकृयालाई अन्यथा रुपमा लिननहुने भनाइ छ अर्का जिल्ला सभापतिका उमेदवार अष्ट कुमार कवे।
दुबै समुहले आ-आफ्नै जितहुने जिकिर गरेतापनि पार्टिकाे जित हुनेछ तसर्थ लाेकतान्त्रिक प्रकृयामा सहभागी भएर हार जित जुनसुकै नतिजा आएता पनि जित्नेले पनि बिजयमा औधि नरमाउन र पराजयमा पर्नेले पनि दुखमनाे नगरि आगामि निर्वाचनमा एकीकृत हुन आह्वान गर्नाेहुन्छ नव निर्वाचित भक्तपुर क्षेत्र नम्मर १ का पार्टी सभापति जीवन खत्रि।
