नेपालगञ्ज। जाजरकाेटकाे लागि नेपालगञ्जबाट छुटेकाे रात्रीबस दुर्घटना हुँदा पाँचजनाकाे मृत्यु भएकाेछ। भने २७ जना घाइते भएकाे छ। नेपालगञ्जबाट छुटेकाे ना ६ ख २७५७ नमरकाे बस गएराति २ बजेकाे समयमा जाजरकाेटकाे भेरि नगरपालिका -१३ बराहचाउरमा दुर्घटनमा परेकाे जिल्ला प्रहरी कार्उालय जाजरकाेटले बताएकाे छ।
दुर्घटा स्थलबाट जाजरकाेट सदरमुकाम पुग्न लगभग १० किलाेमिटरकाे दुरि छ भने उक्त दुर्घटाग्रस्त बसमा ३२ यात्रु सवार रहेकाे समेत प्रहरिले जनायाे। मृतकहरुकाे सनाखत हुन बाँकि रहेकाे र घटनाबारे विस्तृत विवरण आउन बाँकि रहेकाे जाजरकोटका डीएसपी मधुकुमार थापाले बताएकाे छ।
