Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भक्तपुर क्षेत्र नं. १ को सभापतिमा जीवन खत्री विजयी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 26, 2021
48 shares

भक्तपुर। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुर क्षेत्र नं. १ को सभापतिमा संस्थापन समूहका जीवन खत्री विजयी भएका छन् । गत मंगलबार भएको निर्वाचनमा खत्रीले २७१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी संस्थापन इत्तर समूहका उद्धव खड्काले ११६ मत प्राप्त गरे । खत्री वर्तमान क्षेत्रीय सभापति हुन् भने खड्का क्षेत्रीय सचिव हुन् ।

यस्तै, क्षेत्रीय सचिवमा खत्री समूहकै समुद्र थापा र रविन कुमार केसी तथा सहसचिवमा रामकाजी भुजु र राजेश्वर वन विजयी भए ।कार्यसमिति सदस्य आदीवासी जनजाती खुल्लामा बलबहादुर श्रेष्ठ र सहदेव श्रेष्ठ तथा प्रदेशसभा (क )बाट लक्ष्मी भक्त गोसाईं, निलकृष्ण साख र महिलामा कमलकेशरी चौगुठी विजयी भए । कार्यसमितिका अन्य सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए ।

महाधिवेशन प्रतिनिधिमा नेपाल तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष विनोद प्रकाश कायष्ठ पराजित भएका छन । महाधिवेशन प्रतिनिधि खुल्लामा प्रतिस्पर्धा गरेका कायष्ठले १६५ मत प्राप्त गरे । महाधिवेशन प्रतिनिधिमा बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल सर्वाधिक लोकप्रिय मत २५१ प्राप्त गरी विजयी भए ।

महाधिवेशन प्रतिनिधि खुल्लामा कुनै समूहमा नबसी एकल उम्मेदवारी दिएका कांग्रेस भक्तपुरका वरिष्ठ नेता प्रविण वन १९३ मतका साथ विजयी भए । त्यस्तै संस्थापन पक्ष इत्तर समूहका बाबुराजा जोशी पनि २०७ मतका साथ महाधिवेशन प्रतिनिधिमा विजयी भए । उनी कानुन आयोगका पूर्व अध्यक्ष र वरिष्ठ अधिवक्ता हुन ।

महाधिवेशन प्रतिनिधि खुल्लामा जगन्नाथ कार्की, राजाराम खड्का, दयामान कर्माचार्य, हरिप्रसाद नेपाल, पुष्कर खत्री, पुरुषोत्तम लामिछाने, मनोजकुमार थापा विजयी भए । त्यस्तै महिलामा संस्थापन पक्ष ईत्तरका राधा कार्की (सरु बाँनिया) विजयी भए भने संस्थापन पक्षका सुभद्रा काफ्ले, रुपा थापा र संगिता फुँयाल विजयी भए ।

महाधिवेशन प्रतिनिधि आदीवासी जनजाती खुल्लामा सुरेश श्रेष्ठ, रत्नसुन्दर खाईतु, जीवन भुजु र केशव दुवाल, खसआर्य खुल्लामा गोविन्द थापा र नवराज दाहाल, आदीवासी जनजाती महिलामा संस्थापन पक्ष ईत्तर समूहका गंगालक्ष्मी अवाल, संस्थापन पक्षका बागमति प्रदेशका सांसद रजनी जोन्छें र रञ्जना कक्षपति विजयी भए । त्यस्तै अल्पसंख्यक, अपांगता भएका र मधेशी समूहमा हरिकृष्ण श्रेष्ठ विजयी भए ।

निर्वाचित खत्रिले यद्यपि याे निर्वाचन लाेकतान्त्रिक प्रकृया मात्र भएकाे हुँनाले हार जित भन्दापनि समुहमा कार्य बिभाजनकाे लागि बाँडफाँट मात्र गरिएकाे हुँदा जिते पनि हारेपनि कसैले पनि हार जितकाे बिचारले याे निर्वाचनलाई न लिई आगामि चुवानकाे लागि जिल्लाबासि सबै एकजुट भई अगि बढ्न आाहवान गरेका छन्। file pfoto

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved