Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जनजागरण पार्टीद्वारा शान्तिपूर्ण विरोध प्रदर्शन सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 26, 2021
54 shares

काठमाडौं । सरकारका भ्रष्ट र जनघाती कदमको विरोध, न्याय र लोकहितको सुनिश्चितता लगायतका माग राख्दै जनजागरण पार्टी नेपालले हिजो काठमाडौंको माइतीघर मण्डलामा एक शान्तिपूर्ण विरोध प्रदर्शन तथा ध्यानाकर्षण सभा गरेको छ ।

पार्टी केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता विदुर अधिकारीले सञ्चालन गरेको उक्त सभामा विभिन्न जल्दाबल्दा, जनजीविका, सुरक्षा, आस्था अभिव्यक्ति स्वतन्त्रता, दलित तथा उत्पीडित माथि गरिएको दमन, सुकुम्वासीहरूको समस्या लागयतका मुद्दामा सरकारको ध्यानकार्षण गराएको थियो ।

उक्त पार्टीको अभिवादन शालोमको अर्थ साँचो शान्ति, सम्वृद्धि र मिलाप भएको अर्थ खुलाउँदै कार्यक्रम उद्घोषक प्रवक्ताले नौवटा बुँदा पढेर सुनाएपछि, पार्टीका महासचिव रोशन खतिवडाले ती बुँदाहरूको व्याख्या गर्दै लोकतन्त्र र मानव अधिकारमाथि सबैतिरबाट गरिएको आक्रमणको विरोध गर्नुका साथै पार्टीको लोकतान्त्रिक र आर्थिक उदारवादी धारबारे संक्षिप्त रूपमा प्रकाश परेका थिए । साथै धर्मगुरू केशव आचार्यलाई एउटै झुटो कसुरको अभियोगमा बारम्बार पक्राउ गरिएको र मुद्दा चलाइएकोमा समेत खतिवडाले आपत्ति जनाएका थिए ।

त्यसपछि पार्टीका कार्यालय सचिव तथा स्थायी समिति सदस्य आनन्द बहादुर पि एमले उक्त कार्यक्रम गर्नु पर्नाको कारणबारे प्रकाश परेका थिए भने दलको भूमिहीन सुकुम्वासी संगठनका संस्थापक अध्यक्ष काल बहादुर बिकले सुकुम्वासी र अस्थायी बसोवास गर्ने परिवारहरूले विद्युत महशूल युनिटको रू. २० तिर्नु पर्दा गरिबहरूमाथि थप अन्याय भएको कुरा जोडदार रूपमा उठाएका थिए ।

मुस्लिम कल्याण संघका अध्यक्ष एम. डी. सतारले धर्मनिरपेक्ष राज्यको पक्षमा आफ्नो दलको अडान स्पष्ट पार्दै सरकारले विदेशी व्यापारीलाई जमिन दान दिने तर आफ्नै नागरिकलाई बेवास्ता गर्ने गरेको भन्दै सरकारको आलोचना गरेका थिए ।

अन्त्यमा पार्टीका अध्यक्ष डा. बिपी खनालले नौ वटा बुँदाहरूमा नाराबाजीलाई नेतृत्व गर्दै यो कार्यक्रम त सुरूवात मात्र हो भनी चेतावनी दिँदै उक्त विरोध प्रदर्शन सभालाई समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved