काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देवाउले आज नेपाल बार एशोसिएसनका पदाधिकारीसंग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको नेपाल बार र सर्वोच्च अदातल बार एशोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् ।
गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई धाराण पत्र बुझाएको थियो । आज प्रधानमन्त्री देउवालाई पनि धारणापत्र बुझाउने तयारी रहेको छ ।
