Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पूर्वमन्त्री रामविर मानन्धरले केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 25, 2021
12 shares

काठमाडौं। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री रामविर मानन्धरले आफूले पार्टीको १०औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आफूले जनजाति क्लष्टरबाट केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् । उनले भने,‘जनजाति क्लष्टरबाट २२ जनाले उम्मेद्धवारी दिने हो, त्यसमा ७ जना महिला हुनुहुन्छ र १५ जना पुरुष हुन्छन् । मैले त्यसको लागि केन्द्रीय कमिटीको सदस्यको लागि उम्मेद्धवारी घोषणा गरेको हुँ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले यसपटक पार्टीमा सर्वसम्मत् रुपमा नेतृत्व चयन हुने पनि बताए । उनले भने,‘नेतृत्व यसपटक सर्वसम्म्त रुपमा चयन गर्ने कुरा छ । तर, प्रतिष्पर्धामा जानुपनि ठूलो कुरा होईन । भोलि विहान उद्घाटन हुने महाधिवेशनको सम्पूर्ण तयारी भैसकेको उनको भनाई छ । उनले भने,‘चितवनमा ३५ सय कोठा बुक भएका छन् । प्रतिनिधिहरु सबै पुगिसक्नुभएको छ । चारैवटा नाकाबाट हामी नारायणघाटमा जम्मा हुन्छौं । ११ गते नोमिनेशन हुन्छ । विधान महाधिवेशन सफल रुपमा सम्पन्न गर्यौं । अब पार्टीलाई सही तवरले अघि बढाउनको लागि नेतृत्व चयन गर्दैछौं । मलाई लाग्छ, नेतृत्व सर्वसम्मत् हुन्छ ।’

उनले यसपालिको महाधिवेशन एकताको महाधिवेशन हुने पनि बताए । उनले भने,‘समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई साकार पार्नकोलागि पार्टी एक ढिक्का भएरअघि बढ्नेछ, हामीले एकता प्रदर्शन गर्नुपर्छ । यसपालिको महाधिवेशनमा म केन्द्रीय सदस्यको दाबेदार हो । २२५ जना सदस्यको केन्द्रीय कमिटी हुन्छ । त्यसमध्ये म पनि दाबेदार हो ।’

 

उनले २०३६ साालको आन्दोलनमा लागेको व्यक्ति भएको पनि स्मरण गराए । उनले भने,‘म बहुदल र निर्दलको चुनावको बेलामा पनि सक्रिय थिएँ, २०४९ सालमा काठमाडौंको १६ नम्बर वडामा अध्यक्ष भएँ । मैले धेरै वर्ष जनप्रतिधिधि भएर जनताको सेवा गरें । म २०५४ सालदेखि पार्टीको जिल्ला कमिटीमा छु । ०७७ मा केन्द्रीय कमिटीमा मनोनित भएँ । काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद हुँ । २०७६/०७७ सालमा सहरी विकास राज्यमन्त्री भएर काम गरेको छु ।’ निष्ठावान कार्यकर्ताहरुलाई आफूलाई मत दिएर जिताउन पनि उनले आह्वान गरेका छन् ।

उनले नेपालमा धेरै दलको आवश्यकत्ता नै नरहेको पनि जिकिर गरे । उनले भने,‘नेपालमा दुई दल भए पुग्छ नेपालमा । यो देशमा एमालेले मात्रै समृद्धि र सुखी नेपालीको नारा साकार गर्नसक्छ, हाम्रो अध्यक्ष केपी ओली व्यक्ति होईन, विचार हो । ओलीलाई जनताले प्रत्यक्ष रुपमा चिन्नुभएको छ ।’

उनले आफ्नो पार्टीको अध्यक्ष ओली समृद्ध नेपाल बनाउने अभियानमा लागेको पनि सुनाए । उनले भने,‘७२ वर्षको कालखण्डमा, धेरै सरकार बने, धेरैजना प्रधानमन्त्री बन्नुभयो, तर हाम्रो अध्यक्ष ओली प्रधानमन्त्री बन्नुभयो, उहाँको पालामा के–के काम भयो ? तपाईँहरुले हेर्नुहोला । उहाँले साँढे ३ वर्षको अवधिमा यो मुलुकको कायापलट गर्ने योजना अघि सार्नुभएको छ । ओलीको कार्यकालमा विकास निर्मँणसँग धेरै काम भएका छन् ।’

उनले पटक पटक महाधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुने विश्वास दिलाए । उनले भने,‘नेतृत्व चयनको लागि सहमतिको लागि भरपुर प्रयास हुन्छ । प्रयास गर्दापनि सहमति भएन भने प्रजातान्त्रिक विधिमा जानुपर्छ । चुनाव लड्न पाउने सबैको अधिकार हो । नेताहरुलाई म आह्वन गदर्छु, तपाईँहरुले जति उमेर विताउनुभयो, ओलीले जस्तो त्याग र धैर्यता गर्नुहोस । १५ वर्ष माधव नेपाल र ५वर्ष झलनाथले यो पार्टीमा राज गरे । तर केपी ओलीले २० वर्ष प्रतिक्षा र्नुभयो । धैर्य गर्नुहोस ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved